धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश नेतृत्वमा उदाउँदो युवा अनुहारका रूपमा स्थापित भएका छन्। प्रदेश सदस्य पदमा उनको उल्लेखनीय विजयले पार्टीभित्र युवा नेतृत्व, नवीन सोच र परिवर्तनप्रतिको जनविश्वासलाई थप बल प्रदान गरेको छ।
हालसम्म बिध्र्यार्थि राजनीतिक गतिविधिमा सक्रिय रहेका जोशीले पछिल्लो समय वैकल्पिक राजनीतिक अभियानको पक्षमा उभिँदै रास्वपामा प्रवेश गरेका थिए। छोटो समयमै संगठनभित्र प्रभाव जमाउन सफल उनले प्रदेश सदस्य पदमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन्।
प्रदेश सदस्य पदका लागि भएको निर्वाचनमा जोशीले १६६ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कल्पना बुढाथोकीले ८९ मत प्राप्त गरिन्। यस्तै, पुष्करराज अवस्थीले २७, रोहित चन्दले ६० तथा निता चन्द शाहीले ६८ मत प्राप्त गरेका थिए।

डिजिटल पुस्ताको प्रतिनिधित्व गर्ने युवा अभियन्ताका रूपमा चिनिएका जोशी सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा जनचासोका विषयमा सक्रिय रहँदै आएका छन्। युवाको राजनीतिक सहभागिता, सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र उत्तरदायी नेतृत्वको पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। 
उनको विजयलाई केवल व्यक्तिगत उपलब्धि मात्र नभई नयाँ पुस्ताले राजनीतिमा खोजिरहेको परिवर्तन, सहभागिता र परिणाममुखी नेतृत्वप्रतिको विश्वासका रूपमा समेत हेरिएको छ। रास्वपाभित्र युवा नेतृत्वलाई स्थापित गर्ने क्रममा जोशीको उदयलाई सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रदेश सदस्यमा निर्वाचित भएसँगै जोशीले पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दाको पैरवी तथा युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने भूमिकामा सक्रिय रहने अपेक्षा गरिएको छ। उनको राजनीतिक यात्राले वैकल्पिक राजनीतिमा विश्वास गर्ने युवापुस्ताका लागि नयाँ सम्भावना र प्रेरणाको सन्देश दिएको समर्थकहरूको भनाइ छ।


