बझाङ : संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले रक्तदान कार्यक्रम गरेको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम टिपाएको राष्ट्रिय स्वतन्त्र पार्टीका जयपृथ्वी नगरपालिका नगर संयोजक दमन रसाइलीले बताए ।