बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गयो
बझाङः बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो(खर) काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए।
खर काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भीरबाट लडेकी थिइन्। भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भीरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।...












