Advertisement

बझाङमा पनि हरितालिका तिजको रौनक

Advertisement

बझाङ : बझाङमा पनि हरितालिका तिजको रौनक बढेको छ । आज तीजको दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । तर, बझाङ सदरमुकाम चैनपुर सहित बजारदेखि गाउँघरसम्म तिजको स्वागतका लागि हप्तौदेखि दर खाने कार्यक्रमको आयोजना गरिएका छन् । भोली असोज १ गते हरितालिका तिज पर्व धुमधामले मनाइदै छ। तिज नेपाली हिन्दू नारीले विषेश महत्त्वका साथ मनाउने गर्दछन् ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन विषेश रूपमा मनाइने यो पर्वमा भगवान शिवको पूजा आरधना गरिनुका साथै कठोर व्रत बसेर नाचगान एवं मनोरञ्जन गर्ने परम्परा छ । नेपाली हिन्दू महिलाले तिज आउनुभन्दा १०÷१५ दिन अगाडिबाट नै हर्षोल्लासका साथ मनाउन सुरु गर्छन् । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्धेश्यले कठोर रूपमा पहिलोपटक व्रत राखेको धार्मिक विश्वासका साथ हिन्दू नारीले यो पर्व मनाउँदै आएका छन् ।

तिजका बेला विवाहित हिन्दू महिलाले श्रीमानको दीर्घायूका लागि कठोर व्रत बस्ने गर्दछ्न् भने अविवाहिताहरुले पानीसम्म नपिएर व्रत बस्दै शिब भगवानका साथै सप्तऋषिको पूजा गर्दै नाचगान गर्छन् । यसैबिच बझाङका सबै पालिकाहरुमा तिज विशेष कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । जसअन्र्तगत छबिस पाथिभेरा गाउँपालिका–१ का महिलाहरूले तिज विशेष २०८० कार्यक्रम भव्यताका साथ मनाएका छन् । हरितालिका तिजलाई उत्साहपूर्ण ढङ्गले शनिवार विविध कार्यक्रम गरी मनाएका हुन् । विवाहित महिलाहरूले आफ्नो सौभाग्य, परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागी र अविवाहित नारीहरूले आफूले भने जस्तै, सोचेजस्तो वर पाइयोस् भनेर व्रत बस्ने प्रचलन र धार्मिक विश्वास रहेको हिन्दु नारीहरूको विशेष चाँडमा महिलाहरूले एकअर्काप्रती शुभकामना समेत साटासाट गरेका छन् ।

प्रत्येक वर्ष हरितालिका तिज कार्यक्रमलाई महाभिलाषी राख्ने महिलाले पछिल्लो समय बढ्दो क्रममा रहेको विकृति, छाउपडी प्रथा, महिला हिंसा न्यूनीकरण, सामाजिक भेदभाव, कुरीति कुसंस्कारका विरुद्ध विभिन्न सन्देशमूलक गीत सहित नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज