बझाङ : बझाङमा सर्पको टोकाइबाट एक किशोरी गम्भीर घाइते भएकि छिन् । जिल्लाको तल्कोट गाउँपालिका वडा नं. १ सुनिकोटकी १९ वर्षीया मनिसा कार्की सर्पको टोकाइबाट गम्भीर घाइते भएकि हुन् ।

मनिसालाई घर नजिकै रहेको बोटगडा जंगलमा घाँस काट्ने क्रममा सर्पले बाँया हातको औलामा टोकी आज वेलुका ६ बजे घाईते बनाएको हो । घाइते मनिषाको अहिले जिल्ला अस्पताल बझाङमा ल्याई उपचार भईरहेको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।