Advertisement

स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उहाँको भनाई छ । निर्देशक डा बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले  शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभ...
मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

मुख्य समाचार, स्वास्थ्य
केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई 'फ्लुभिड' को नाम दिएका छन् काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा 'फ्लुभिड' पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ । अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ ।  दुवै भाइरस सक्रिय भएर स्वास्थ्य...
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन १ सय ३५ जनाले सेवा लिए

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन १ सय ३५ जनाले सेवा लिए

बझाङ, मुख्य समाचार, स्वास्थ्य
बझाङ : मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । मष्टा गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्यचौकिमा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गरिएको हो । आज पहिलो दिन वडा नम्बर १ को कोटदेवल स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । उक्त शिविरमा ७६ जना महिला र ५८ जना पुरुष गरेर १ सय ३५ जनाले सेवा लिएका छन् । २३ जना मोतिबिन्दुका बिरामी भेटिएकोमा उनिहरुको अप्रेसन गरिने बताइएको छ । मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको शिविरमा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम राज जोशी रहनुभएको थियोे । शिविरमा गाउँपालिकाका जनप्रतिनिध...
खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको ७० प्रतिशत काम सम्पन्न

खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको ७० प्रतिशत काम सम्पन्न

बझाङ, मुख्य समाचार, स्वास्थ्य
बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण कार्य जारी रहेको छ । संघिय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयबाट ८ करोड ८० लाख ५९ हजारको लागतमा निर्माणाधीन अस्पतालको ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका सुचना अधिकारी ऐन बहादुर रोकायाले जानकारी दिनुभयो । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ को सुकापाटिमा निमार्ण भइरहेको उक्त अस्पतालको रोयल पि एस जे भि ले २०७९ साल वैशाखमा ठेक्का सम्झौता गरेको थियो । आगामि वैशाखमा अस्पताल निमार्णको अवधि सकिदै छ । हालसम्म लगभग ४ करोड रकम भुक्तानी भएपनि संघीय मन्त्रालयबाट रकम निकासा नहुदा भुक्तानी गर्न समस्या भइरहेको निमार्ण कम्पनीको भनाई छ । अहिले पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा खप्तडछान्नाबासिलाई जटिल स्वास्थ्य समस्या पर्दा जिल्ला सदरमुकाम तथा बाहिर जिल्ला धाउनुपर्ने बाध्यता रहेको छ । अब गाउँमै १० शैयाको अस्पताल सञ्चालन हु...
सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन

सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन

कैलाली, स्वास्थ्य
कैलाली : सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन भएको छ । एक कार्यक्रमका विच सेती प्रादेशिक अस्पताल धनगढी कैलालीकाे ८४ औ वार्षिकोत्सव समारोहकाे उद्घघाटन भएको हाे । अस्पतालकाे वार्षिकोत्सव समारोहमा सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह निर्मलकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद रहनु भएको थियाे । मन्त्री साउदले दिप प्रजलन बाल्दै ब्यानर बाचन गरेर वार्सिकउत्सवकाे उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिमकाे सबैभन्दा ठुलाे प्रादेशिक अस्पताल १९९७ मा स्थापना भएको थियाे भने,२०४० मा जनरल अस्पतालमा २०६१ मा स्तोरुन्नती गरिएको थियाे । यस अस्पतालकाे २०७४ मा आएर सेती प्रादेशिक अस्पताल नामाकारण गरिएको हाे । अस्पताले अहिले २०० बेडको लक्ष्य राखेको छ । "हाम्रो सेती राम्रो सेती बनाउने सबैको साझा प्रतिब...
विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लामा विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । जिल्लामा रहेकाे आयुर्वेद कार्यालयकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । विद्यालयमा विभिन्न कार्यक्रम कसरी गर्ने र याेग भनेको के हाे यसका फाईदाहरुलाई मध्येनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरेको हाे । पानकाेटमा रहेको आयुर्वेद कार्यालयले २ दिने कार्यक्रम सञ्चालन गरेकाे छ । सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि देउलेख आयुर्वेद स्वास्थ्य प्रमुख हिमाल भट्ट रहनु भएको थियाे भने बिशिस्ट अतिथि जिल्ला आयुर्वेद निमित्त प्रमुख मिनबहादुर पुरी रहनुभएकाे कार्यक्रममा विभिन्न शिक्षक पत्रकार डाक्टर उपस्थिति रहनु भएको थियाे । कार्यक्रमले स्वस्थ मान्छेलाई कसरी हेस्टपुष्ट बनाउने,तन्दुरुस्त बनाउने र विरामीलाई कसरी ठिक पार्न सकिन्छ भन...
काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन । विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन । डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ । मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ म...
सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

मुख्य समाचार, स्वास्थ्य
धनगढी : भूकम्पीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।  घाइतेको औषधि उपचारका लागि चार लाखको औषधिसहित चार जना विशेषज्ञ चिचिकित्सकसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले जानकारी दीए।  उहाँले आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए । ‘चिकित्सकको अवश्यकता हुने वित्तिकै हामिले पठाउनेगरी तयारी अवस्थामा राखेका छौं’ मन्त्री साउदले भने।  जाजरकोट र रुकुमपश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म करिब १५७ ले ज्यान गुमाइसकेका छन् । सयौँ घाइते भएका छन् । शनिबार आकस्मिक बसेको सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्नेगरी एक करोड रुपिया...
बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ – बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ । यसैबीच परिवार नियोजनका साधनहरु चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।...
कैलाली लम्किचुहा नगरपालिकामा एकल महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

कैलाली लम्किचुहा नगरपालिकामा एकल महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

कैलाली, स्वास्थ्य
कैलाली: लम्कीचुहा नगरपालिकाले आफ्नो पालिका भित्रका एकल महिलाकाे लागी नि:शुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ। नगरप्रमुख सुशिला शाहीले शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलाकाे लागी अस्पताल सम्म पुग्न सहज हुन्छ भनेर उक्त कार्यक्रम संचालन गरेको बताएकी छन्।
जिल्ला स्वास्थ्य कार्यालय बझाङले पायो नयाँ हाकिम

जिल्ला स्वास्थ्य कार्यालय बझाङले पायो नयाँ हाकिम

बझाङ, स्वास्थ्य
बझाङस्थित स्वास्थ्य कार्यालयमा नयाँ हाकिम उपस्थित भएका छन्। निमित्त हाकिमले चलाइरहेको स्वास्थ्य कार्यालयमा लालबहादुर धामी कार्यालय प्रमुख भएर गएका हुन्। सातौं तहका जनस्वास्थ्य अधिकृत धामी यसअघि स्वास्थ्य कार्यालय कैलालीमा थिए। बझाङमा सातौं तहका भानुभक्त जोशीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए। अहिले हाकिम धामीले आफैंले सरुवा मागेर बझाङ गएको बताइन्छ।...
सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी : सुदुरपश्चिम प्रदेशकाे एक मात्र सेती प्रादेशिक अस्पतालकाे सुधार हुँदै आएको छ । विगतका दिनहरूमा समस्याले भरिपुर्ण देख्खिदै आएको यस अस्पतालमा पछिल्लो समय सुधाउन्मुख हुँदै आएको पाईएकाे हाे । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका अधिकाङ्स विरामीहरुले सेवा लिन यस अस्पतालमा पुग्ने गरेका थिए । विगतका दिनहरुमा प्रादेशिक अस्पतालमा धेरै झनझटिला समस्याहरु देखा पर्दै आएका थिए भने कतिपयले निकै दुख खेप्नु परेकाे जनगुनासाे धेरै आएपछि । हाल सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले मेडिकल सुपरिटेन्डेन्टलाई सरुवा गरेका हुन । उनको सरुवा पछि सेती अस्पतालमा केही सुधार हुँदै आएकाे विरामीहरु बताउन्छन । मन्त्री साउद भए सँगै प्रादेशिक अस्पतालमा सुधार हुँदै आएको देखिन्छ । मन्त्री साउदका अनुसार विगतमा के भयाे भन्दा पनि आफ्नो कार्यकालमा स्वास्थ्यमा व्यापक सुधार ल्याउने तयारी गरेकाे र भएका समस्यहरुलाई क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज