Advertisement

मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

Advertisement

केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई ‘फ्लुभिड’ को नाम दिएका छन्

काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा ‘फ्लुभिड’ पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ ।

अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ ।  दुवै भाइरस सक्रिय भएर स्वास्थ्य समस्या आएको भने पहिलो पटक अनुभव गरेको डाक्टर पुनले बताउनुभयो । ‘फ्लुभिड’ को लक्षण पनि मौसमी रुघाखोकी र कोरोनाको जस्तै हुने सरुवारोग विशेषज्ञ डाक्टर पुनको भनाई छ ।

बिरामीले पहिले मौसमी रुघाखोकी भन्दै समयमा नजँचाउँदा पछि स्वास्थ्यमा समस्या आउने क्रम बढेको छ । यसले गर्दा कोरोनाका बिरामीलाई निमोनिया भएको पनि थाहा नहुने र स्वास्थ्यमा जटिल समस्या हुने जोखिम रहेको डाक्टरको भनाई छ । रुघाखोकी लागेर लामो समय निको नभए स्वास्थ्य परीक्षण गरिहाल्न डाक्टर पुनको आग्रह छ । उहाँले कोरोनाविरुद्धको खोप र मौसमी फ्लु रुघाखोकीको खोप पनि आवश्यक मात्रामा लगाउन सुझाव दिनुभएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङ -  बझाङमा चैत्र १९ गतेदेखि बेपत्ता भएका थलारा गाउँपालिका–५ तल्लो दुवालीका ५८ वर्षीय लालबहादुर सिंहको शव ५ दिनपछि सेती नदीमा ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज