धनगढी : भूकम्पीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।
घाइतेको औषधि उपचारका लागि चार लाखको औषधिसहित चार जना विशेषज्ञ चिचिकित्सकसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले जानकारी दीए।
उहाँले आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए । ‘चिकित्सकको अवश्यकता हुने वित्तिकै हामिले पठाउनेगरी तयारी अवस्थामा राखेका छौं’ मन्त्री साउदले भने।
जाजरकोट र रुकुमपश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म करिब १५७ ले ज्यान गुमाइसकेका छन् । सयौँ घाइते भएका छन् । शनिबार आकस्मिक बसेको सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्नेगरी एक करोड रुपियाँ र स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली आजै प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको थियो ।
कर्णालीको जाजरकोटको बगरकोट गाउँपालिका –१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३