सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्
Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत, सूचना प्रविधि
सुर्खेत – गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा वडा नं. ८ को वडा कार्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष कमल जीसीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि गुठिचौर गाउँपालिकाका अध्यक्ष खड्क विक ‘विवश’ हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला र नारी उत्थान सहकारीकी अध्यक्ष विमला जीसीको उपस्थिति रहेको थियो।
वडाध्यक्षले सम्बोधन गर्दै सामुदायिक सिकाई केन्द्रले ग्रामीण क्षेत्रमा शिक्षा, सामाजिक चेतना, र महिला सशक्तिकरणमा पुर्याएको योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "सामुदायिक सिकाई केन्द्रजस्ता संस्थाहरूले गाउँका समस्याहरू समाधान गर्न र दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। स्थानीय निकायले यस्ता संस्थालाई आवश्यक सहयोग गर्न सधैं तयार छ।"
कार्यक्रममा केन्द...











