बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ।
बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो।
यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्।
बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द...












