कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
धनगढी- कैलालीमा ४ जना लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ परेका हुन ।
लम्कीचुहा नगरपालिका ९ घर भई हाल धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषधसहित बिहीवार पक्राउ गरिएको हो। यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।
यस्तै धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिक सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका-६ बस्ने २१ वर्षीय रवी चौधरी पक्राउ परेका छन्।
यी दुबै युवकलाई १५० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यी चारै जनालाई वडा प्रहरी कार्यालय धन...












