कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर युवतीको ज्यान गएको हो ।
ट्रकको ठक्करबाट ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने २१ वर्षीया निर्मला बोहरा रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन् उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। ठक्कर दिने ट्रक प्रहरीलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

