Advertisement

Breaking News 3

प्रशासकीय अधिकृतले कार्यालयमै झगडा गरेपछि…

प्रशासकीय अधिकृतले कार्यालयमै झगडा गरेपछि…

Breaking News 3, ताजा अपडेट, समाचार
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए। मदिरा सेवन गरे पनि गौतम र भण्डारीले कुनै बदमासी नगरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्य भने मेयर थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए। मंगलबार आचार्य समयमा कार्यालय पनि आएका थिएनन्। उपमेयर पाण्डेका अनुसार तीन जना दिउँसो साढे दुई बजेतिर मदिराले मातेर कार्यालय आएका थिए। 'प्रमुख प्रशासकीय अधिकृतज्यू मदिराले मातेको तालमा सोझै मेरो कार्यकक्षमा प्रवेश गर्नुभएको थियो,' उपमेयर पाण्डेले भनिन्, 'उहाँले मेरो कार्यकक्षमा आएर मुक्काले टेबल हान्दै मनपरी बोल्नु...
तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । १९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरी स्रोतले जानकारी दिएको छ । यसमा गोलीको जस्तो आवाज मात्रै आउने प्रहरी अधिकारीहरु बताउँछन् । कार्टिज (छर्रा) भने २ सय ३९ पटक प्रहार भएको पाइएको छ । त्यसैगरी ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो । यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो । राजावादी प्रदर्शनमा प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका थिए ।...
कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- कुलमान र हितेन्द्रको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेका छन् । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो । मंगलबार न्यायाधीशद्वय डा: कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अन्तरिम आदेश हुनेरनहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ । सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियु...
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन्। ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रमम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ...
कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए । रासस...
बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङमा ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामोसमयदेखि अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको ...
कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। कञ्चनपुर जिल्ला अदालतले परेकाहरुमाथी ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाएको छ।...
पत्रकार महासंघ कैलालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ कैलालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल पत्रकार महासंघ कैलालीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बझाएको हो । यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष श्रवण देउबाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हमालले ध्यानाकर्षण पत्र बुझ्दै आफूले आजै सो ज्ञापनपत्र माथिल्लो निकायमा पठाईदिने बताए । कैलाली जिल्लामा शान्ती सुरक्षा अमन चयनका साथै पत्रकारको सुरक्षाका लागि आफु कटिबद्ध रहेको उनले बताए ।...
प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणमा जाने भोलि

प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणमा जाने भोलि

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार भोलि थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । थाइल्यान्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन् । अघिल्लो हप्ता नै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण स्वीकृत गरिसकेको छ । प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वसन्ध्यामा आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्वका रुपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा ...
प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष श्रेष्ठलाई

प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष श्रेष्ठलाई

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो । बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारु डगौराले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए । उनका अनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मणकिशोर चौधरी बाहेकका सांसदको सहभागिता रहेको थियो । बैठकले सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले आफ्नो ...
बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ धुरतोला वस्ने दिल्लीबहादुर रावतका ८ वर्षीय छोरा बिजय रावतको मृत्यु भएको हो। बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी  अन्दाजी १५० मिटर टाढा लगेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।...
कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरी पक्राउ गरेको छ जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ जरिवाना तोकिएपछि फरार रहेका जोशीपुर गाउँपालिका-४ खर्चुवा बस्ने ३५ वर्षीय इमरान हसन पक्राउ परेका हुन्। हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज