Advertisement

कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

Advertisement

काठमाडौं- कुलमान र हितेन्द्रको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेका छन् । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो ।

मंगलबार न्यायाधीशद्वय डा: कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अन्तरिम आदेश हुनेरनहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ ।

सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरे ।

त्यही दिन कार्यकारी निर्देशकमा काम थालेका हितेन्द्रदेवले पनि आफूलाई गैरकानुनी रूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका थिए ।

०६८ साल साउनमा हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति दिएको विरुद्ध आफ्नो रिट अदालतमै रहेको भन्दै कुलमानलाई पुनः आफ्नो नियुक्तिमा प्रश्न उठाउने अधिकार नरहेको दाबी उनको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज