Advertisement

बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

Advertisement

बझाङ— बझाङमा ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामोसमयदेखि अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । कुल लागत करिब ५ करोड रहेको उक्त पुलको आधाभन्दा बढी रकम ठेकदार कम्पनीले भुक्तानी समेत लिइसकेको कार्यालयले जनाएको छ । आधा निर्माण भएपछि पुलको काम बीचैमा छाडेको स्थानीयहरु बताउँछन् । ‘आधाभन्दा बढी काम भइसकेपछि काम बन्द गरेको हो । तीन वर्षदेखि पुल बनाउने कोही पनि आएका छैननन्, पुल निर्माणस्थलसँगै रहेको जिन्नाडा गाउँका विनोद थापा भन्छन्, ‘जनप्रतिनिधिले समेत छिटो निर्माण गरिदिनुपर्‍यो भनेर धेरैपटक अनुरोध गर्दा पनि मानेका छैनन् ।

ठेकदारले अटेर गर्दा पालिकाका अन्य विकास निर्माण पनि अवरुद्ध वडा नं-१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताए । ‘यो पुल नबनेका कारण यहाँका स्थानीयले आवतजावतमा मात्रै समस्या भोगेका छैनन् । बर्खामा विकास निर्माणका काम समेत ठप्प हुने गरेको छ । खाद्यान्न र अन्य उपभोग्य सामान पनि महँगोमा खानुपरेको छ, उनले भने, ‘हामीले जति आन्दोलन गरे पनि ठेकदारले वास्तै गरेको छैन ।

पुल निर्माण अलपत्र छाडिएको बारे ठेकेदार कम्पनी पुष्पाञ्जली कन्स्ट्रक्सनका वीरेन्द्र चन्दलाई धेरै दिनदेखि सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । कार्यालयले ताकेता गर्दा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउने तर काम नगर्ने पूर्वाधार विकास कार्यालय बझाङले बताएको छ । ‘चैत सुरुदेखि नै काम सुरु गर्छु भनेको हो, एक महिनाअघि ठेकदारसँग सम्पर्क भएको बताउँदै कार्यालय प्रमुख नृपराज जोशीले भने, ‘अहिले न काम सुरु गरेको छ न त सम्पर्कमा नै छ ।

५० प्रतिशतभन्दा बढी काम भए पनि स्पान, ढलान, पहुँच सडक निर्माण र सुरक्षणका काम बाँकी नै रहेको उनले बताए । तीन पटकभन्दा बढी म्याद थप भइसकेको भन्दै उनले कार्यालयले पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकदारले काम नगरेको सुनाए । ‘अब अति नै भयो भनेर कारबाहीको प्रक्रिया अघि बढाउने सोचेका छौं, उनले भने ।—– वसन्तप्रताप सिंह कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज