बाजुरा- बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ धुरतोला वस्ने दिल्लीबहादुर रावतका ८ वर्षीय छोरा बिजय रावतको मृत्यु भएको हो।
बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी अन्दाजी १५० मिटर टाढा लगेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

