धनगढी- कैलालीबाट चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरी पक्राउ गरेको छ
जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ जरिवाना तोकिएपछि फरार रहेका जोशीपुर गाउँपालिका-४ खर्चुवा बस्ने ३५ वर्षीय इमरान हसन पक्राउ परेका हुन्। हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

