Advertisement

Breaking News 2

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए । फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए । घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने ...
पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा !

पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
   काठमाडौं: पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ । उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् । विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् । पत्रकार आच...

पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
   काठमाडौं: पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ । उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् । विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् । पत्रकार आच...
विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, सोमबार हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिन जोशीको पनि रहेको छ। अन्य शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेजको नाम समावेश छ। सोही दिन हमासले २० जना जीवित इजरायली बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई जिम्मा लगाएको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाएको थियो। विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गर्दा बन्दी बनाइएका थिए। उनले त्यसअघि करिब एक महिना अघि मात्रै सिक एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। त्यो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए। ...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गरेको थियो। समूह ‘बी’को विजेता बनेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराउँदै लगातार जित निकालेको हो। नेपाल आज चौथो जितको खोजीमा छ। कतार समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरेको हो। उसले समूह चरणमा मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको छ। यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले दुई र कतारले एक खेल जितेका छन्। अपराजित नेपाल सुपर सिक्समा ४ अंकका साथ शीर्ष स्थानमा छ भने कतार अंकविहीन छ। नेपालले सुपर सिक्स चरणमा कतारपछि बुधबार ओमान र शु...
टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। सुपर सिक्स चरणमा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ अघिल्लो चरणमा पुगेका हुन्। नेपाल र यूएई दुवैले सुपर सिक्समा समान दुई अंक जोडिसकेका छन्। समूह चरणमा नेपालले जापानसँग पहिले नै खेलिसकेकाले अब सुपर सिक्समा त्यस टोलीसँग पुनः खेल्नुपर्ने छैन। नेपालले भोलि कतार, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका बनाएको छ। सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।...
ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो। अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्। अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिए...
दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ

दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ

Breaking News 2, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही स्थानका ५६ वर्षीय हर्कबहादुर बमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट शनिवार करिब ४८० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
भारी वर्षाले देशभर सडक अवरुद्ध, यात्रु बीच बाटोमै,,सरकारद्धारा आइतबार र सोमबार बिदाको घोषणा, जोखिम अझै कायमै

भारी वर्षाले देशभर सडक अवरुद्ध, यात्रु बीच बाटोमै,,सरकारद्धारा आइतबार र सोमबार बिदाको घोषणा, जोखिम अझै कायमै

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि देशभर फैलिएको छ।दशैं मनाएर कार्यस्थल फर्किँदै गरेका यात्रुहरू देशका विभिन्न सडक खण्डमा बीच बाटोमै अलपत्र परेका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु लगायतका प्रमुख राजमार्गहरू अवरुद्ध छन्। सरकारले राहतस्वरूप आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसले बाटोमै रोकिएका र घरमा रहेका नागरिकको केही राहत दिएको छ। गृह मन्त्रालयका अनुसार राजमार्गमा फँसेका यात्रुहरूलाई सुरक्षित स्थानमा पु¥याउन उद्धार कार्य जारी छ। विभिन्न युनिटहरू परिचालनमा छन् र हालसम्म ठूलो मानवीय क्षति भने भएको छैन। बाटोमा अलपत्र परेका यात्रुलाई काभ्रे, चितवन र कोशी राजमार्गलगायतका क्षेत्रमा स्थानीय होटल व्यवसायीहरूले खाना र बासको व्यवस्था मिलाएका छन्। गृह मन्त्रालयले सहजीकरणका लागि सब...
ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं- टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले ओमानविरुद्धको पहिलो वार्मअप म्याचमा ६ विकेटको शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका ओपनर आसिफ शेखले ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै जितमा महत्वपूर्ण भूमिका खेले। कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ र कुशल मल्लले १० रन जोडे। यसअघि, टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो। नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट हात पारे। नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा पुग्ने टिम सुपर सिक्समा प्रवेश गर्नेछ भने सुपर सिक्सको शीर्ष तीन टिमले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।...
सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा, आज देशभर बदली रहने

सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा, आज देशभर बदली रहने

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- गएको एक घण्टामा सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। हनुमाननगर नगरपालिकामा मात्र ४४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया आकाश बदली रहनेछ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव रहने मौसमविद्हरूको भनाइ छ।...
दशैंका लागि च्याङ्ग्रा बिक्री सुरु

दशैंका लागि च्याङ्ग्रा बिक्री सुरु

Breaking News 2, ताजा अपडेट, समाचार
दशैं नजिकिँदै गर्दा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री उपत्यकामा सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्रीमा राखिएको हो। मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरिएका च्याङ्ग्रा १२औं दिन उपत्यका ल्याइएको हो। प्रतिकेजी १ हजार २५० रुपैयाँमा मूल्य तोकिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिनुभयो। यस वर्ष सरकारले दशैंका लागि खसी, बोका र भेडा–च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएकाले उपभोक्ताले केही महँगो मूल्य तिर्नुपर्ने अवस्था आएको व्यापारीहरूको भनाइ छ। दशैंमा खसी, बोका र च्याङ्ग्राको माग उच्च हुने भएकाले बजारमा चहलपहल बढेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज