सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ: सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा आन्तरिक खेलकुद प्रतियोगिता, विपद् उद्धार प्रदर्शन, रक्तदान अभियान, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनुका साथै उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका क्रममा सेवा निवृत्त सशस्त्र प्रहरीहरूलाई पनि सम्मान गरिएको थियो भने नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह, कार्यक्रम सञ्चालक सबिता खड्का, पत्रकार तर्फ साइपाल एफएमकी समाचार प्रमुख तरुणा जोशी र कामना टेलिभिजन बझाङका प्रमुख उत्तम कुमार थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै, शिक्षक प्रकाश खड्का लगायत समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।
गुल्म परिसरमा आयोजित औपचारिक समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक तथा सहायक वाहिन...












