Advertisement

ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो।

अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्।

अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिएको थियो।
पछिल्लो तनावपछि स्वीटजरल्याण्डमा भएको वार्तामा दुवै देशले भन्सार ११५ प्रतिशत बिन्दुले घटाउने सहमति गरेका थिए।

यसबीच अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेसन (APEC) शिखर सम्मेलनमा भेट हुने तय भएको छ।

तर सो भेटअघि चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा पुनः कडाइ गरेपछि ट्रम्पले पुनः व्यापार युद्ध सुरु गरेको बताइएको छ।

सुरुमा चीनले दुर्लभ खनिज पदार्थको प्रत्यक्ष निर्यातमा मात्र रोक लगाएको थियो। तर अब ती पदार्थ प्रयोग गरी अन्य देशमा बनेका वस्तु निर्यात गर्न पनि चीनको वाणिज्य मन्त्रालयबाट अनुमति लिनुपर्ने नियम ल्याइएको छ।
चीनको वाणिज्य मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न चिनियाँ दुर्लभ खनिज प्रयोग गरिएका सामान निर्यात गर्न मन्त्रालयबाट इजाजतपत्र अनिवार्य हुनेछ।’

नयाँ प्रतिबन्ध कसरी लागू हुनेछ भन्ने भने अझै स्पष्ट छैन। तर ब्लुमबर्गका अनुसार यो कदम अमेरिकाले चिनियाँ कम्पनीहरूलाई उच्च गुणस्तरका चिप्स र ती बनाउन प्रयोग हुने उपकरण खरिद गर्न रोक लगाएको प्रतिबन्धसँग मिल्दोजुल्दो छ।

केही महिनाअघि सिकागोस्थित फोर्ड मोटर कम्पनीको कारखानामा दुर्लभ खनिजको अभावमा उत्पादन रोकिएको थियो। अन्य अमेरिकी मोटर कम्पनीहरूमा पनि त्यस्तै जोखिम देखिएपछि ट्रम्पले जुन ५ मा राष्ट्रपति सीसँग ९० मिनेट टेलिफोन वार्ता गरेका थिए।

वार्ताका धेरै चरणपछि दुई देश सहमतिनजिक पुगेका थिए, तर अहिले पुनः तनाव बढेको छ। चीनले निर्यातमा कडाइ गरेर व्यापार सम्झौतामा मोलमोलाइ गर्न खोजेको विश्लेषण गरिएको छ।

पहिले नै लागू भइसकेको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत वृद्धि गर्ने ट्रम्पको निर्णयले महिनौंयता चलिरहेको अमेरिका–चीन व्यापारिक युद्धविराम तोडिएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको ‘मनलाग्दी भन्सार नीति’ले अमेरिकी अर्थतन्त्रमा ठूलो जोखिम ल्याउन सक्छ।
उहाँले चाहेको बेलामा भन्सार बढाउने अधिकारबारे अमेरिकी सर्वोच्च अदालतले आगामी महिनामा निर्णय दिनेछ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ भने यस्ता कानुनी सीमाबाट मुक्त छन्।

अहिलेसम्मका संकेतले देखाउँछ कि दुई ठूला अर्थतन्त्रबीचको यो नयाँ व्यापार युद्ध विश्व अर्थतन्त्रका लागि पुनः ठूलो चुनौती बन्न सक्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज