दशैं नजिकिँदै गर्दा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री उपत्यकामा सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्रीमा राखिएको हो।
मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरिएका च्याङ्ग्रा १२औं दिन उपत्यका ल्याइएको हो। प्रतिकेजी १ हजार २५० रुपैयाँमा मूल्य तोकिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिनुभयो।
यस वर्ष सरकारले दशैंका लागि खसी, बोका र भेडा–च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएकाले उपभोक्ताले केही महँगो मूल्य तिर्नुपर्ने अवस्था आएको व्यापारीहरूको भनाइ छ। दशैंमा खसी, बोका र च्याङ्ग्राको माग उच्च हुने भएकाले बजारमा चहलपहल बढेको छ।

