कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ ।
सार्वजनिक भएको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले ४ क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले ४ क्याम्पसमा जित निकाल्दा नेकपा एमाले निकट अनेरास्ववियुले भने कुनै पनि क्याम्पसमा जित निकाल्न सकेकाे छैन् ।
नेविसंघ
१) धनगढीकाे फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जाेशी),
२)भजनीकाे माेहन्याल बहुमुखी (झंकर बुढा),
३)जाेशीपुरकाे रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार)
४) टिकापुरकाे बिरेन्द्र बहुमुखी क्याम्पसमा (गाेपाल खत्री) निर्वाचित भए।
अखिल क्रान्तिकारी
१) लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल),
२)बुलबुले बहुमुखी क्याम्पसमा(विवेक चाैधरी)
३)सुखडकाे राष्ट्रिय कलेजमा (सुन्दर गाैतम )
...











