कैलालीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत, आरोपित पक्राउ
धनगढी- कैलालीमा एक किशाेरी बलात्कृत भएकी छन् । बुधबार साँझ १५ वर्षीया सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी हुन् ।
किशोरीलाई बलात्कार गरेको आराेपमा कैलारी गाउँपालिका-८ का १६ वर्षीय किशोरलाई पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।
अहिले पीडित किशाेरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।...











