सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार आइतार देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएकाे छ ।...
२०८१ चैत्र २३, शनिबार ०८:४९२०८१ चैत्र २३, शनिबार ०८:४९२०८१ चैत्र २३, शनिबार ०८:४९ by कामना संवाददाताNo Comments
धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्। गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिँदा उनको दाहिने खुट्टाको तीघ्रादेखिको भाग छुट्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
गम्भीर अवस्था भएकी थापाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।...
२०८१ चैत्र २२, शुक्रबार २०:२८२०८१ चैत्र २२, शुक्रबार २०:२८२०८१ चैत्र २२, शुक्रबार २०:२८ by कामना संवाददाताNo Comments
धनगढी— बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ।
यसअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश बदर गर्दै थुनामा पठाउन निर्देशन दिएको हो।
यसै प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको छ। सरकारी वकिल कार्यालयले ‘उस्तै कसुरमा संलग्न’ भनिएका रविलाई धरौटीमा छाडिएकोप्रति असहमति जनाउँदै उच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएको थियो।
शुक्रबार साँझ अदालतले सरकारी वकिलको मागअनुसार रविलाई थुनामा पठाउने आदेश दिएको हो। लामिछाने पक्षले भने एक करोड धरौटी बढी भएको ...
२०८१ चैत्र २२, शुक्रबार १९:३३२०८१ चैत्र २२, शुक्रबार १९:३३२०८१ चैत्र २२, शुक्रबार १९:३३ by कामना संवाददाताNo Comments
बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा अवस्थित ऐतिहासिक हात्तीसार दरबारको संरक्षणको पहल सुरु गरिएको छ। दरबारको संरक्षण र मर्मतसम्भारका विषयमा बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल उठेपछि शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, र पत्रकारहरूको सहभागितामा बृहत् छलफल सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए।
बैठकमा दरबारको तत्काल मर्मतसम्भार मात्र नभई दीर्घकालीन संरक्षणको योजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले बताए। नेपाली कांग्रेसका प्रवक्ता रमानन्द जोशीले हात्तीसार दरबारलाई सामाजिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनः विकास गर्नुपर्नेमा जोड दिए।
नेकपा एमालेका सचिव नयन बोहराले दरबारको ऐतिहासिक महत्व झल्किने गरी मर्मत गर्नुपर्ने बताए भने दरबारको सुरक्षा सुनिश्चित गर्न आवश्यक जनशक्ति परिचालनको पनि...
२०८१ चैत्र २२, शुक्रबार १३:१२२०८१ चैत्र २२, शुक्रबार १३:१२२०८१ चैत्र २२, शुक्रबार १३:१२ by कामना संवाददाताNo Comments
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रति सरकारी कर्मचारीहरू आक्रोशित भएका छन्।
बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका थिए ।
घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ।
गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै राष्ट्रिय कर्मचारी ट्रेड युनियनले विरोध जनाएको छ।
यस घटनाले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। कर्मचारी युनियनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै जिल्ला प्रश...
२०८१ चैत्र २२, शुक्रबार ११:२६२०८१ चैत्र २२, शुक्रबार ११:२६२०८१ चैत्र २२, शुक्रबार ११:२६ by कामना संवाददाताNo Comments
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरेको छ ।
संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो ।
अदालतको यस्तो निर्णयसँगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन् । अब उनको ठाउँमा ६० दिनभित्र चुनाव गराउनुपर्नेछ ।
अदालतले युनले सैन्य कानून लगाएर नागरिकको राजनीतिक अधिकारमा क्षति पुर्याएको ठहर गरेको छ ।
अदालतले देशमा सैन्य कानून लागू गरेका युनको कदम कानूनी शासन र लोकतन्त्रको सिद्धान्तको उल्लङ्घन भएको बताएको छ ।
युनको पद जाने भएपछि राजधानी सोलमा उनका समर्थक र विरोधीहरु छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।...
२०८१ चैत्र २२, शुक्रबार ०७:२५२०८१ चैत्र २२, शुक्रबार ०७:२५२०८१ चैत्र २२, शुक्रबार ०७:२५ by कामना संवाददाताNo Comments
बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका हुन्।
घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, चैनपुर सिमखेत पठाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यादवको अवस्था स्थिर रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए।
घटनापछि मुकेश ऐडी फरार भएका छन्। प्रहरीले ऐडीको खोजी कार्य तीव्र पारेको छ। प्रहरीले ऐडीको सम्भावित ठेगाना र सम्पर्क सूत्रहरू खोजी गरिरहेको छ। स...
२०८१ चैत्र २१, बिहीबार २३:५९२०८१ चैत्र २१, बिहीबार २३:५९२०८१ चैत्र २१, बिहीबार २३:५९ by कामना संवाददाताNo Comments
धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार छापा मारेको छ। आयोगको टोलीले महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ। दिगो वन व्यवस्थापन कार्यविधि निर्माण र पारित गर्दा ठूलो आर्थिक चलखेलको आशंका भएपछि अख्तियारले छापा मारेको हो। सार्वजनिक भएको अडियोमा मन्त्री लक्ष्मणकिशोर चौधरी र सचिवालयका केही कर्मचारीहरूको आर्थिक लेनदेनको कुरा गरिएको छ, जसमा मन्त्री चौधरीले '२५ देखि ३० चाहिने' रकमको चर्चा गर्दै अन्य कर्मचारी र वन माफियासँगको वार्ता सुनिन्छ। मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छन्। अडियोमा कर्मचारी सरुवा र अन्य आर्थिक चलखेलको पनि कुरा भएको पाइन्छ। अख्तियारका प्रतिनिधिहरूले भनिरहेका छन् कि यदि अडियो प्रमाणित भएमा मन्त्री चौधरीसहित अन्य सरकारी अधिकारीहरूलाई कानूनी कारबाही गरिनेछ। यस विषयले प्रदेश सरकार, राजनीतिक दलहरू र आम ...
२०८१ चैत्र २१, बिहीबार ०७:१८२०८१ चैत्र २१, बिहीबार ०७:१८२०८१ चैत्र २१, बिहीबार ०७:१८ by कामना संवाददाताNo Comments
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन्।
नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले रोजगारीका सिलशिलामा भारत जाने श्रमिकलाई बिमा लाभमा समेट्न प्रदेश सरकार संवेदनशील रहेको बताएका हुन्।
मुख्यमन्त्री शाहले रोजगारीका लागि खाडी मुलुकलगायत तेस्रो मुलुक जाने श्रमिकसँगै भारत जानेहरूको पनि श्रमिक बिमा गर्नुुपर्ने बताए। श्रमिकले बिमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अगाडि बढाउन र गृहकार्यमा लाग्न उनले निर्देशन दिए।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत् बिमा गर्ने योजना लिएकाले नियमनकारी निकाय बिमा प्राधिकरण र बिमा गर्ने सङ्घसंस्थ...
२०८१ चैत्र २०, बुधबार २१:४७२०८१ चैत्र २०, बुधबार २१:४७२०८१ चैत्र २०, बुधबार २१:४७ by कामना संवाददाताNo Comments
कैलाली : कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा यही चैत्र २७ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महेश्वरी रेग्मी स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत भएकी छन्। उनले विद्यार्थीका अधिकार, शिक्षाको गुणस्तर सुधार, नियमित कक्षा सञ्चालन, पारदर्शी प्रशासन र क्याम्पसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मुख्य एजेन्डासहित उम्मेदवारी घोषणा गरेकी छन्।
महेश्वरी रेग्मी हाल मानवीकी संकायकी पाँचौं सेमेस्टरकी विद्यार्थी हुन्। लामो समयदेखि विद्यार्थीका समस्याहरूलाई नजिकबाट अध्ययन गर्दै आएकी उनले यो निर्वाचनमार्फत क्याम्पसमा सकारात्मक परिवर्तन ल्याउने अठोट लिएकी छन्। उनी भन्छिन्, "शिक्षालयलाई शिक्षालय नै बनाऔं, राजनीतिलाई राजनीति गर्ने ठाउँमै छाडौं। विद्यार्थीका हकहितमा कोही सम्झौता गर्न सक्दैन।"
उनको प्रमुख एजेन्डा क्याम्पसमा नियमित कक्षा सञ्चालन गराउनु, विद्यार्थीहरूक...
२०८१ चैत्र २०, बुधबार २०:३५२०८१ चैत्र २०, बुधबार २०:३५२०८१ चैत्र २०, बुधबार २०:३५ by कामना संवाददाताNo Comments
कैलाली : सुदूरपश्चिमकै प्रतिष्ठित कलेज दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेता बम बहादुर बिकले उम्मेदवारी घोषणा गर्दै प्रचार-प्रसारलाई तीव्र पार्नुभएको छ।
बम बहादुर बिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका चर्चित विद्यार्थी नेतामध्ये एक हुनुहुन्छ। निरन्तर विद्यार्थी नेतृत्वमा सक्रिय रहँदै आउनुभएका बिक विद्यार्थी माझ लोकप्रिय नेता हुनुहुन्छ। उहाँले जितेपछि क्याम्पसमा रहेका कमजोरी सुधार्दै विद्यार्थीका हकअधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
विद्यार्थीहरूसँग सधैं नजिक रहँदै पढाइ तथा अन्य गतिविधिमा सक्रिय रहने बिकले विद्यार्थीहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएको छ। स्वच्छ छवि भएका विद्यार्थी नेताका रूपमा परिचित बिकले निर्वाचनमा कुनै पनि पार्टीभन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न ...
२०८१ चैत्र २०, बुधबार १४:१८२०८१ चैत्र २०, बुधबार १४:१८२०८१ चैत्र २०, बुधबार १४:१८ by कामना संवाददाताNo Comments
दिपेन्द्र धामी,बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ३, ६, र ८ को बीचमा अवस्थित प्रसिद्ध केदार मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यसै मन्दिरको नामबाट यहाँको स्थानीय तह लगायत ,रेडियो,विभिन्न संघसंस्था, विद्यालय, सामाजिक प्रतिष्ठान तथा धार्मिक समूहको नामकरण गरिएको छ। केदार मन्दिरमा विशेष गरि वैशाख १ गते र साउने पूर्णिमाका दिन (रक्षाबन्धनका) बेला भव्य मेला लाग्छ। यस अवसरमा टाढा–टाढाबाट भक्तजनहरू आउने गर्छन् र आस्थाका साथ पूजाआजा गर्छन्। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
यस मन्दिरको पूजाको विशेष जिम्मेवारी थलाल ब्राह्मणहरूको रहेको छ। प्रारम्भमा थलाल ब्राह्मणहरू थला क्षेत्रमा बसोबास गर्थे, जसका कारण उनीहरूलाई 'थलाल ब्राह्मण भन्न थाल्यो भन्ने मान्यता छ। यहाँका प्रमुख भक्तजनहरू धामी, जेठारा, बोहरा, खाती, बिष्ट , मल्ल,जा...