Advertisement

Breaking News 2

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । आजै प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएको थियो । त्यसपछि दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...
कैलाली बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका पवन सुनारको उम्मेदवारी

कैलाली बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका पवन सुनारको उम्मेदवारी

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीको धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसमा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहीँ चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दिएर विद्यार्थी संगसंगठनहरू प्रचारप्रसारमा होमिएका छन् । यसैबीच क्याम्पसको स्ववियु सभापति पदमा अखिल क्रान्तिकारीकाबाट विद्यार्थी नेता पवन सुनारले उम्मेदवारी दिएका छन् । पवनले उम्मेदवारी दिए सङै प्रचारप्रसारमा होमिएका छन् । पवन क्याम्पस कै चर्चित विद्यार्थीका रुपमा चिनिन्छन् । पवन हरेक कला नेतृत्वमा सधै अगाडी आइरहने एक विद्यार्थी नेताको रुपमा कहलिन्छन् । विद्यार्थी माझ निकै लोकप्रीय रहेका पवन आफुले जिते भने क्याम्पसमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने र विद्यार्थीले पाउनुपर्ने हरेक हकअधिकार प्राप्तका लड्ने प्रतिबद्धता गरेका छन् ।विद्यार्थीका माझमा सधै खेली रहने पढी र...
प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो। बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले जानकारी दिए। यसैबिच, सभामुख भीमबहादुर भण्डारीले मंगलवार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन। बैठकमा सत्तापक्षको उपस्थिति नभएपछि कार्य व्यवस्थाको बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । सो बैठकका लागि प्रतिपक्षी दलको भने उपस्थिति भएको थियो। फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पट...
शिक्षक महासंघको आजदेखि काठमाडौं केन्द्रित आन्दोलन

शिक्षक महासंघको आजदेखि काठमाडौं केन्द्रित आन्दोलन

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं- नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन गरिरहेको जानकारी दिए  । स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरा र, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चल्ने अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । नेपाल शिक्षक महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ज...
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रासँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्य...
बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको एक स्थानीय तहले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले बस खरिद गरेर ल्याइसकेको र यहीँ चैत २४ देखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए । उनले भने, 'बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।' नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धताअनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिने गरी नगरबस सञ्चालन हुनेछ । यसका साथ...
डोटीमा चलिरहेको बोलेरो जिपबाट खस्दा गाडी साहुको मृत्यु

डोटीमा चलिरहेको बोलेरो जिपबाट खस्दा गाडी साहुको मृत्यु

Breaking News 1, Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-२ कुचेडाका गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको चलिरहेको उक्त जिपबाट खसेर मृत्यु भएको हो । बिज्ञापन सोमबार बेलुकी ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपको पछाडिको ढालामा बसिरहेका बोहराको ढालाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिपबाट खसेका उनलाई तत्कालै उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिपबाट खस्दा उनको छाती र टाउकोमा चोट लागेको थियो। आदर्श गाउँपालिका-३, नुवाकोटका २३ वर्षीय गाडी चालक विराज भट्टलाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...
प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी निर्वाचित, महासचिवमा घर्तिमगर

प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी निर्वाचित, महासचिवमा घर्तिमगर

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौ- प्रेस सेन्टर नेपालको ५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गिरीले ३ सय ६६ मत प्राप्त गर्दा रावलले १ सय ७५ मत प्राप्त गरे । गिरी यस अघि वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले अर्का उम्मेदवार सुदिप बर्देवालाई २ सय ८६ मतान्तरले पछि पार्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अधिकारीले ३ सय ९७ मत प्राप्त गर्दै बर्देवाले भने १ सय ११ मत प्राप्त गरेका थिए । अधिकारी यस अघि उपाध्यक्ष थिए भने बर्देवा केन्द्रीय सदस्य मात्रै थिए । संगठनमा ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपा...
डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको सोही वडाको डकलेमा जिपबाट खस्दा आइतबार मृत्यु भएको हो । जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका-५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ ।...
भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- राजधानी काठमाडौंमा रहेको भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् । त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई...
पत्रकार रजकको हत्याविरुद्ध बझाङमा प्रदर्शन

पत्रकार रजकको हत्याविरुद्ध बझाङमा प्रदर्शन

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- काठमाडौंको तीनकुनेमा अराजकतावादी समुहले पत्रकार सुरेश रजकको हत्या गरेको विरोधमा बझाङमा प्रदर्शन गरिएको छ । पत्रकार महासंघ बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको हो । पत्रकार महासंघले ७० औं स्थापना दिवसको अवसर पारी आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शुक्रबार राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।...
केदारस्यूँको रायलमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर

केदारस्यूँको रायलमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट, बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका-१ देउरा स्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ। आज नर्वेजियन राजदूतावास, युएनएफपीए (UNFPA) तथा एडिआरए (ADRA )नेपालको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरबाट १ सय ७२ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । परिक्षण गरिएका मध्य ६ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ,, भने ४ जनालाई रिङ पेसरी राखिएको छ। साथै, ४ जनामा पहिलो चरणको भिआइए सकारात्मक पहिचान भई आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ। प्रजनन उमेर समूहका महिलाहरूको स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्न शिविर सञ्चालन गरिएको जनाइएको छ । विभिन्न तथ्यांकअनुसार नेपालमा हरेक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस्तो गम्भीर अवस्थालाई ध्यानमा रा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज