धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्। गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिँदा उनको दाहिने खुट्टाको तीघ्रादेखिको भाग छुट्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
गम्भीर अवस्था भएकी थापाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।

