Advertisement

विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

Advertisement

अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि बालबालिकाहरू सडकको सोलार बत्तीको सहारामा पढ्न बाध्य भएका छन्। स्थानीय विद्युत् समितिले ४२ लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेपछि प्राधिकरणले करिब ६६५ घरधुरीको लाइन काटेको हो।

स्थानीय स्तरमा विद्युत् व्यवस्थापनका लागि गठन गरिएको समितिले नेपाल विद्युत् प्राधिकरणसँग तीन महिनाको करार सम्झौता गरी वितरण गर्दै आएको थियो। सम्झौता अनुसार ग्राहकले प्रतियुनिट १५ रुपैयाँ तिर्ने, जसमध्ये १२ रुपैयाँ प्राधिकरण र ३ रुपैयाँ समितिका कर्मचारी खर्चमा छुट्याउने सहमति थियो। बत्ती मात्र बाल्ने ग्राहकका लागि भने मासिक २५० रुपैयाँ लिने व्यवस्था गरिएको थियो।

तर, प्राधिकरणको टीओडी मिटरमा देखिएको वास्तविक खपतअनुसार महसुल उठ्न नसक्दा समिति घाटामा गयो र बक्यौता ४२ लाख पुगेपछि प्राधिकरणले विद्युत् सेवा बन्द गर्‍यो।

विद्युत् नहुँदा बालबालिकाहरूले राति सडक छेउको सोलार बत्तीमुनि पढ्नुपर्ने अवस्था आएको स्थानीय गणेश साउँदले बताए। स्थानीयवासीहरूले अब समिति होइन, प्राधिकरणले नै प्रत्यक्ष रूपमा विद्युत् वितरण गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज