Advertisement

Breaking News 1

केदारस्यूँमा एकल महिला र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद, आत्मनिर्भरताका लागि पालिका सक्रिय

केदारस्यूँमा एकल महिला र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद, आत्मनिर्भरताका लागि पालिका सक्रिय

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको केदारस्यूँ गाउँपालिकाले स्थानीय सरकार र सिमान्तकृत एकल महिला बिच प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ । पालिका उपाध्यक्ष मनिषा धामीले  १५ औँ अन्तराष्टिय एकल महिला दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो । सामाजिक समावेशिता र लैङ्गिक समानताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरू र एकल महिलाहरूबीच समस्याका विषयमा खुला छलफल भएको थियो । कार्यक्रममा एकल महिलाहरूले आफूहरूले भोग्दै आएको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्याहरूको बारेमा आवाज उठाएका थिए। कार्यक्रममा नागरिकता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, रोजगारको पहुँच, तथा निर्णय प्रक्रियामा एकल महिलाको सहभागिता सम्बन्धी विषयमा छलफल गरिएको थियोे । कार्यक्रममा बोल्दै एकल महिला पसुपति मल्लले पालिका सरकार आएपछि महिलाका लागि आएको बजेट बारे जानकारी पाउनुका साथै सेवासुविधाहरु प...
रास्वपाको महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा झा नियुक्त

रास्वपाको महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा झा नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। शनिबार पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा चयन गरेको हो। त्यस्तै, कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको छ। प्रवक्ता झाका अनुसार पार्टीले आज स्थापना दिवस विभिन्न कार्यक्रममार्फत मनाइरहेको छ। महामन्त्री मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि यी दुवै पद कार्यवाहककै भरमा सञ्चालन हुँदै आएका थिए।...
देशभर मनसुन सक्रिय, दिउँसो केही स्थानमा ठूलो वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, दिउँसो केही स्थानमा ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ — देशका धेरै ठाउँमा रातभर पानी परे पनि अहिले वर्षाको क्रम केही घटेको छ। विशेषगरी मकवानपुरमा राति तीव्र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको अवस्थामा देशभर अत्यधिक वर्षा नभए पनि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको झरीका कारण नदी, खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गएको जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको पुष्टि भएको छ। महाशाखाका अनुसार मनसुन अझै केही दिन सक्रिय रहनेछ।...
सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ अन्तर्गत बुड्खोरीमा रहेको सुर्मा आधारभूत विद्यालयले आवश्यक फर्निचर सहयोग स्वरूप ५० थान कुर्सी प्राप्त गरेको छ। उक्त फर्निचर सामुदायिक स्रोतबाट सहयोगस्वरूप जलजला–सेरीनिशान बासुधारा सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई हस्तान्तरण गरेको हो। विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन र विद्यार्थीलाई बस्न सहज बनाउने उद्देश्यले उक्त कुर्सी प्रदान गरिएको वनका अध्यक्ष दिपेश धामी जानकारी दिए । फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सामुदायिक वन समूहका पदाधिकारीहरूले शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकहरूले यस सहयोगले विद्यालयको पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै वि...
थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

Breaking News 1, ताजा अपडेट, बझाङ, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको दुर्गाथली गाउँपालिका–३ मा अवस्थित थलचौर माध्यमिक विद्यालयको शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक प्रतिनिधिहरूले पालिकामा ज्ञापनपत्र बुझाउँदै विद्यालयको विविध समस्या समाधानको माग गरेका छन्। विद्यालयका शिक्षकमात्र नभई व्यवस्थापन समिति अध्यक्ष युवराज भण्डारीको नेतृत्वमा गएको टोलीले शुक्रबार गाउँपालिका अध्यक्ष दिलबहादुर थापालाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यालयमा हाल कक्षा ११ र १२ मा पठनपाठन गराउने शिक्षकको अभाव, विद्यालय भवनको अपुग, घेरबार र खानेपानीको समस्या जस्ता मुद्दाहरू उठाइएको छ। वि.सं. २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७४ सालदेखि निजी स्रोतबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हाल निजी स्रोतबाट कक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै पालिकाको ध्यानाकर्षण गराइएको व्यवस्थापन समिति अध्यक्ष भण्डारीले बताए। उनले विद्यालयमा हाल ...
त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ६५ रन बनाएर कीर्तिमानी ११औं अर्धशतक पूरा गरे। आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए। यसअघि नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेभिटले ८६ रन बनाए। नेपालका करण केसीले दुई विकेट लिए भने अन्य चार बलरले समान एक/एक विकेट लिए। शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले अबसम्म तीन खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।...
सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
देशको पश्चिमी क्षेत्रमा अहिले व्यापक वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै जिल्लामा पानी परिरहेको छ भने पूर्वी नेपालमा वर्षा घटेको छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पश्चिममा वर्षा गराउने प्रणाली आगामी ४–५ दिनसम्म सक्रिय रहनेछ। हाल कोशी, मधेस, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। पश्चिममा पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन्। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले देशभर बादल लागेको छ। आज कोशी, बागमती र गण्डकीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ भने कोशी र मधेसमा हावाहुरीसहित चट्याङसमेत हुन सक्ने पूर्वानुमान छ। रातिको समयमै कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा ठूलो पानी पर्ने सम्भावना पनि महाशाखाले जनाएको छ।...
दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
। सुदूरपश्चिमेली नेपाली समाज यूएईको दुबईक्षेत्रीय समितिको अध्यक्षमा अशोक बोगटी सर्वसम्मत चयन भएका छन् । सुदूरपश्चिमेली नेपाली समाज यूएईको छैटौं केन्द्रिय कार्यसमितिको पाँचौं मासिक बैठकले बोगटीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष सरिता साउँद, सचिव चन्द्रिका ओझा, सहसचिव गोबिन्द खड्का, कोषाध्यक्ष अविनास बोगटी र सहकोषाध्यक्ष विद्य बिष्ट चयन भएका छन्। सदस्यहरुमा करिश्मा बोहरा, पूजा खत्री, दिपा नागरी, देवकी जोशी, निर्मला बिष्ट, महेन्द्र शाही, आनन्द ऐर, राज्यश्वरी बिक, मथुरा भुल, सुनिता भण्डारी, तारा भुल, कोपिला गौतम, टीका बिष्ट र मनोज बिष्ट रहेका छन् । बैठक समाजका अध्यक्ष प्रकाशदत्त बडुको अध्यक्षतामा बरदुबईस्थित लुम्बिनी ड्रीम गेस्ट हाउसमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक सदस्य जनकराज भट्ट, दामोदर ठगुन्ना, शिवराज तिमील्सैना लगायत केन्द्रीय पद...
डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने मुख्य सडक अवरुद्ध हुँदा यातायात, स्वास्थ्य सेवा र जनजीवन प्रभावित भएको छ। पालीलाई बैंकिङ कसुरमा पक्राउ गरी कैलाली कारागारमा राखिएको थियो। पक्राउ परेको दुई दिनमै असार २ गते सेती अस्पतालमा उनको मृत्यु भएको थियो। परिवारले हिरासतमा कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन्। प्रहरीले स्वास्थ्य कारणले मृत्यु भएको बताएको छ, तर शरीरमा चोटपटक र सिसिटिभी अभावले शंका थपिएको छ। आफन्तले दोषीमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तनाव कम गर्न प्रशासनको प्रयास जारी छ।...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्छ। मौसमको यस प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा लेख्दै अहिलेको परिस्थितिमा खोमिनीले आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त विकल्प हुने बताएका हुन्। उनका अनुसार अमेरिका इरानको अवस्थाबारे पूर्ण रूपमा जानकार छ र हाललाई खोमिनीको ज्यान सुरक्षित रहेको स्पष्ट पारेका छन्। उनले खोमेनीलाई लक्षित गर्नु सजिलो भए पनि हाल अमेरिकाले त्यसो नगर्ने दाबीसमेत गरेका छन्। इरानले इजरायलको तेल अभिभ र हाइफाजस्ता प्रमुख सहर खाली गर्न चेतावनी दिएपछि तेहरानमा ठूलो संख्यामा विस्फोट भएका छन्। राजधानी छाड्न खोज्ने इरानीको संख्या बढ्दै गएको छ, तर धेरै नागरिक अन्यत्र सुरक्षित विकल्प नभएको बताउँदै छन्। पछिल्लो सैन्य तनाव शुक्रबारदेखि सुरु भएको हो, जब इजरायलले इरानमाथि आक्रमण सुरु गर्‍यो। इजरायल...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्‍यो। ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। स्कटल्याण्डका सफयान शरीफ र माइकल लिस्कले २/२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमै समेटियो। माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए। नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ तथा ललित राजवंशीले १ विकेट लिए। यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज