देशभर मनसुन सक्रिय, बाढी–पहिरोको जोखिम : महाशाखाको सतर्कता आग्रह
काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा अलि उत्तरमा रहेको छ, जसका कारण देशका पहाडी तथा केही तराई क्षेत्रहरूमा वर्षाको सम्भावना देखिएको हो।
हाल देशका पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा आंशिक बदली देखिएको छ। केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको पूर्वानुमानअनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ।
रातिको पूर्वानुम...










