Advertisement

Breaking News 1

रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखिएको छ। शरीरमा केही परिवर्तन देखिएपछि सोमबार नख्खु कारागारमै ट्रमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणपछि रगतको नमूना प्रयोगशालामा पठाइएको र प्राप्त रिपोर्टअनुसार भिटामिन डीको कमी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। प्रवक्ता झाका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेको स्वास्थ्य रिपोर्ट अध्ययन गर्दै लामो समयसम्म घाम नपाउने र कारागारभित्र सीमित वातावरणमा रहनु परेको कारण शरीरमा भिटामिन डी घटेको निष्कर्ष निकालेका छन्। स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले डा. यादव सोमबारै नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका थिए।...
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। यसमध्ये कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराईसहित अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र तराईका केही स्...
कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलारी गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल कल्याण संघ र दिगो विकास समाजले सञ्चालन गरिरहेको पिसीइएसपी र एनआरएल परियोजनाको पालिका स्तरीय अनुगमन तथा मूल्यांकन (एल,डिपीएसी) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नं.–८ का अध्यक्ष तारामल कठरिया, बाल संरक्षण अधिकारी, योजना शाखा प्रमुख, वडा स्तरिय कृषि शाखा प्रमुख, बाल कल्याण संघकी कार्यक्रम संयोजक राधिका गिरी, फिल्ड अधिकृत पर्शुराम चौधरी, दिगो विकास समाजका कार्यक्रम अधिकृत जगत भाट, बजार सहजकर्ता रञ्जित चौधरी लगायतको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा वडा नं.–८ मा सञ्चालन भइरहेका रूपान्तर कक्षा, सकारात्मक अभिभावकत्व कार्यक्रम, विद्यालय छोडेका बालबालिकाको विद्यालय पुनरागमन पहल, च्याउ उत्पादन समूहलगायतका गतिविधि अवलोकन गरिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर...
कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको हो। गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, अन्तरपुस्ता संवाद, कृषि उत्पादन समूह, कृषि फर्म, बाल अधिकार समिति र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ । परियोजना मार्फत सञ्चालित गतिविधिहरूको प्रगति समिक्षा गर्नका लागि अनुगमन गरिएको जनाइएको छ । स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। स...
रुसको योजना : २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसन

रुसको योजना : २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसन

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौँ- रुसले आफ्नो ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ। यसका लागि तयारी कार्यहरू सुरू भइसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ। यो परियोजना रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो। स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि सुरू हुनेछन्। मस्यौदा डिजाइन चरण पूरा गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ। यस अवधिमा लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गर्दै विभिन्न समन्वय बैठकमार्फत परियोजना अघि बढाइने उल्लेख छ। डिजाइन चरण सम्पन्न भएपछि मात्रै प्रक्षेपणको मिति निर्धारण गरिनेछ। भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहन...
कर्णालीमा ‘राउटे कोरिडोर’ बन्ने, अस्थायी आवासदेखि शिक्षा–स्वास्थ्यसम्म सुविधा दिने तयारी

कर्णालीमा ‘राउटे कोरिडोर’ बन्ने, अस्थायी आवासदेखि शिक्षा–स्वास्थ्यसम्म सुविधा दिने तयारी

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत- कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने तयारी गरेको छ। बर्सौंदेखि घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई अस्थायी आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले कोरिडोर निर्माण गर्न लागिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यान जिल्लाका नदी तथा खोलाका किनारलाई राउटे कोरिडोरका रूपमा विकास गरिनेछ। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले यी स्थानमा राउटे समुदाय बढी हिँडडुल गर्ने भएकाले त्यही क्षेत्रमा कोरिडोर बनाउन लागिएको बताए। मन्त्री भण्डारीका अनुसार पछिल्लो १० वर्षयता राउटे समुदाय यी जिल्लामा बढी बसाइँ सर्ने गरेका छन्। कोरिडोरमार्फत उनीहरूको सुरक्षा सुनिश्चित गर्ने, काठका सामग्रीको बजार व्यवस्थापन गर्ने, वृक्षरोपण...
टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले अष्ट्रेलियाको बिग बास लिग टिम मेलबर्न स्टार्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुने छ। यसअघि नेपालले बंगलादेश ए र एनटी स्ट्राइकसँग पराजय भोगिसकेको छ। मेलबर्न स्टार्सले भने खेलिएका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अष्ट्रेलिया पुगेको हो। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन्। आमाको निधनका कारण अनुपस्थित ललित राजबंशीको स्थानमा आलम अष्ट्रेलिया गएका हुन्। अगस्ट १४ देखि २४ तारिखसम्म अष्ट्रेलियाको डार्विनमा भइरहेको प्रतियोगिताम...
मध्यमदेखि भारी वर्षाको सम्भावना, मनसुन कमजोर तर प्रभाव जारी

मध्यमदेखि भारी वर्षाको सम्भावना, मनसुन कमजोर तर प्रभाव जारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल मनसुन केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी छ। हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएको छ। सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित देशका अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।...
देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ-देशभर यस वर्ष १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यो दर गत वर्षको सोही अवधिको ९८.४४ प्रतिशतको तुलनामा करिब ४ प्रतिशत कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशगत तथ्यांकअनुसार, कोशीमा ९४.४२ प्रतिशत, मधेशमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान उत्पादनको प्रमुख भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने कुल १ लाख ७६ हजार १ सय ५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा धान रोपाइँ भइसकेको छ, जुन करिब शतप्रतिशत हो ।...
केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले सोमबार शोक विदा दिएको छ। गाउँपालिकाले आफ्ना कर्मचारी गणेश बहादुर रावलको असामयिक निधनप्रति शोक प्रकट गर्दै भाद्र २ गते सोमबार एक दिनका लागि शोक विदा दिने निर्णय गरेको हो। केदारस्यू गाउँपालिका–२ महरगाउँका स्थानीय र वडा नम्बर १ मा कार्यालय सहयोगी पदमा कार्यरत रावलको साउन ३१ गते सवारी दुर्घटनामा परि उपचारका क्रममा निधन भएको थियो। उनको निधनले गाउँपालिकामा अपूरणीय क्षति पुगेको भन्दै सोमबार पालिका मातहतका सबै कार्यालय बन्द रहने जनाइएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टले संयुक्त विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।...
कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा भएको झडपपछि घाइते कैदीबन्दीलाई मागअनुसार अन्य कारागारमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने काम भइरहेको छ । अस्पतालबाट उपचार गरेर फर्किएका कैदीबन्दीलाई स्वास्थ्यलाभका लागि थप समय आवश्यक भएकाले तत्काल रोजेको कारागारमा पठाउने व्यवस्था गरिएको हो । हालसम्म अस्पतालबाट फर्किएका मध्ये ६ जनालाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।। गत साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररतमध्ये नौ जनाबाहेक सबै डिस्चार्ज भइसकेका छन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ...
सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशभर आज हर्षोल्लासका साथ मौलिक पर्व ओल्के मनाइँदैछ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड, पक्वान र अन्य परिकार ओल्कोका रूपमा दिने चलन छ। बिहानै धुहाइधुवाई गरी मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने र कृषिसम्बन्धी औजार तथा फलफूल आफन्तलाई दिने परम्परा पनि यसैसँग जोडिएको छ। संस्कृतिविद् जयानन्द भट्टका अनुसार वर्षायाम सकिएपछि संकटबाट मुक्त भई नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने चलन बसेको हो। धेरै ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने प्रथा पनि रहिआएको छ। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाभन्दा अलग, मौलिक र जेठो पर्वका रूपमा सुदूरपश्चिममा प्रचलित छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। पण्डित दयाकृष्ण पन्तका अनुसार, ओल्को...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज