जसको कोही छैन, त्यसको प्रशासन
बझाङ- जसको कोही छैन, त्यसको जिल्ला प्रशासन” भन्ने भनाइलाई सत्य साबित गर्दै बुङगल नगरपालिकामा भएको रोजगार संयोजकको परीक्षा निष्पक्ष र पारदर्शी भएको पाइएको छ ।
नगरपालिकाले एक सिटका लागि भर्ना खोलेको रोजगार संयोजक पदमा १० जनाले आवेदन दिएका थिए । तर, शनिबार जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा भएको परीक्षामा ६ जना मात्र सहभागी भए ।
सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशी विषय विज्ञका रुपमा परीक्षामा उपस्थित हुनु भएको थियो । स्थानीयबासीका अनुसार जिल्ला प्रशासनले लिएको परीक्षा निष्पक्ष र पारदर्शी भएको छ ।
सहभागी परीक्षार्थीले पनि प्रशासनले पहुँच र पावरभन्दा बाहिर गएर न्यायपूर्ण ढंगले परीक्षा सञ्चालन गरेको भन्दै प्रशंसा गरेका छन् । “मसँग कोही थिएन, तर प्रशासनले निष्पक्ष परीक्षा लिन्छ भन्नेमा ढुक्क थिएँ । अन्ततः परीक्षा मर्यादित, निष्पक्ष र पारदर्शी भयो,” एक परीक्षार्थीले प्रतिक्...










