Advertisement

Breaking News 1

अछाम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

अछाम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको एक क्याम्पसमा यहीँ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको छ । जिल्लामा रहेको अछाम बहुमुखी क्याम्पसमा विद्यार्थी संघ संगठनहरुकाे आपसी समझदारीमा तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । ‎क्याम्पस प्रशासनले आज एक सूचना जारी गर्दै स्ववियु निर्वाचनका सबै कार्य तत्कालका स्थगित गरिएको जानकारी गराएको छ । क्याम्पसद्वारा जारी सूचनामा भनिएको छ “यस अछाम बहुमुखी क्याम्पसमा मिति २०८१ चैत ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संघ, संगठन र समूहको आपसी समझदारीको आधारमा तत्काललाई स्थगित गर्ने र आगामी उपयुक्त समयमा विद्यार्थी संघ, संगठन र समूह र क्याम्पस प्रशासनको आपसी समझदारीको आधारमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्ने भन्ने र्णिय भएकोले तत्कालका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्पू...
पेट्रोलियम पदार्थको मूल्य घट्यो, राति १२ बजेदेखि लागु हुने

पेट्रोलियम पदार्थको मूल्य घट्यो, राति १२ बजेदेखि लागु हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले र डिजेल,मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। यो मुल्य आज राति १२ बजेदेखि लागुहुनेछ ।...
चैत महिनाको आगमनसँगै सुदूरपश्चिमकामा भिटौला पर्व सुरु

चैत महिनाको आगमनसँगै सुदूरपश्चिमकामा भिटौला पर्व सुरु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिममा भिटौला पर्व सुरू भएको छ । चैत महिनाको आगमनसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा भिटौला पर्व सुरू भएको हो । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । चैत महिनादेखि चेलीबेटीलाई भेट्ने दिन सुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ । परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्‍...
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षकको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षकको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षकको उपचारका क्रममा ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका- ७ देवथली घर भएका ३६ वर्षीय शिक्षक केशव राज जोशीको उपचारका क्रममा ज्यान गएको हो । शिक्षक जोशी मालिकार्जुन गाउँपालिका- ८ थकतोलीमा मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते जोशीको उपचारको क्रममा शनिबार (आज) विहान काठमाडौंको ट्रमा हस्पिटलमा ज्यान गएको पत्रकार गणेश धामीले जानकारी दिए । पत्रकार धामीले उनको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गरेका थिए । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । शिक्षक जोशी हुनैनाथ माध्यमिक विद्यालय देवथलीका व्यवस्थापन समिति अध्यक्ष हुन् भने मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत थिए ।...
आज सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भूभागमा हिमपात

आज सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भूभागमा हिमपात

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- आज बिहान सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मे...
कैलालीको मोहना नदिमा नुहाउने क्रममा डुब्दा २ जनाको मृत्यु

कैलालीको मोहना नदिमा नुहाउने क्रममा डुब्दा २ जनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१९ फूलवारी बाइसघरस्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो होलीको दिन उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो।तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए।...
दार्चुलाको अपिहिमालमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने,पालिकाबाट प्रवाह हुने सेवा टोलमै पाइने

दार्चुलाको अपिहिमालमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने,पालिकाबाट प्रवाह हुने सेवा टोलमै पाइने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यहीँ चैत्र ३ गतेबाट २५ गतेसम्म सम्म एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवालाई सबै वडाका बस्तीहरुमा पुर्‍याउनका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार शिविरमा गाउँपालिकाबाट प्रवाह हुने कृषि तथा भेटेरिनरी सेवा, ज्येष्ठ नागरिक दिवा खाजा कार्यक्रम, पञ्चिकरण शाखाका सेवाहरु, अध्यक्ष ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य जाँच, आयुर्वेदिक औषधी वितरण तथा चेकजाँच, पूर्वाधार सेवा कार्यक्रम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुक्तानी लगायतका सेवा गाउँ टोलमै पुगेर प्रदान गरिनेछ । शिविर चैत्र ३ गतेदेखि चैत्र ६ गतेसम्म वडा नम्बर ३, चैत्र ७ गतेदेखि चैत्र १० गतेसम्म वडा नम्बर ६ , चैत्र ११ गतेदेखि चैत्र १४ गतेसम्म व...
को हुन सुनकुडा क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बिष्ट

को हुन सुनकुडा क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बिष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार
बझाङ- आउँदो चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ । बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा क्याम्पसमा स्ववियु सभापतिका लागि ३ जनाको उम्मेदवारी छ । ती मध्यका एक हुन् कपिल विष्ट,, उनी अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियू को संयुक्त प्यानलका साझा सभापति पदका उम्मेदवार हुन् । बित्थडचिर गाउँपालिकामै जन्मिएका कपिल एक साहसी युवाको रुपमापरचित छन् । उनको समुदाय विकास, युवा सशक्तिकरण र दिगो पहलकदमीमा निकै महत्त्वपूर्ण योगदान रहेको छ । बुबा कर्ण बहादुर बिष्ट र आमा पिपला देवी विष्ट सँगको प्रेरणादायक जीवन र शिक्षाबाट कपिलले सधैं समाजमा सकारात्मक परिवर्तन ल्याउने चाहना राखेका छन् । सानैदेखि कपिलले निडर र साहसी नेतृत्वका गुणहरू देखाए, जसले उनलाई आफ्नो समुदाय र देशको भविष्यलाई राम्रो बनाउन प्रेरित गरेको छ । उनले भने मलाइ सकारात्मक सोच र रणनीतिक सोचले...
चितवनमा सुदूरपश्चिमेली समुदायद्वारा भव्य होली उत्सव सम्पन्न

चितवनमा सुदूरपश्चिमेली समुदायद्वारा भव्य होली उत्सव सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चितवन : चितवनको नारायणी नदी किनारमा सुदूरपश्चिमेली समुदायले होली पर्व भव्य रूपमा सम्पन्न गरेको छ। मौलिक संस्कृति झल्काउने परम्परागत शैलीमा मनाइएको यस कार्यक्रममा सयौंको संख्यामा उपस्थित सुदूरपश्चिमेलीहरूले आपसी सद्भाव र एकताको सन्देश दिएका थिए। सुदूरपश्चिम खप्तड सेवा समाज चितवनका अध्यक्ष जीवन रावलका अनुसार, यस किसिमका कार्यक्रमहरूले सुदूरपश्चिमेली पहिचानलाई उजागर गर्नुका साथै संस्कृतिको जगेर्ना गर्न सहयोग गर्ने बताइयो। उनले चितवनमा रहेका सुदूरपश्चिमेलीहरूलाई अझ संगठित बनाउन यस्ता गतिविधिहरू आवश्यक रहेको पनि बताए। होली पर्वमा सहभागीहरूले रंग, संगीत र नृत्यको साथमा उल्लासमय वातावरण सिर्जना गरेका थिए। समाजले आगामी दिनहरूमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।...
चितवनमा सुदूरपश्चिमेली समुदायको होली पर्व सम्पन्न

चितवनमा सुदूरपश्चिमेली समुदायको होली पर्व सम्पन्न

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- चितवनमा सुदूरपश्चिमेली समुदायले मनाएको होली पर्व सम्पन्न भएको छ। मौलिक संस्कृति झल्काउने परम्परागत शैलीमा मनाइएको रङ्गहरूको पर्व होली नारायणी नदी किनारमा सम्पन्न भएको हो । होली कार्यक्रममा सयौंको संख्यामा जनाइएको उपस्थितले सुदूरपश्चिमेलीहरूमा आपसी सद्भाव र एकताको सन्देश दिएको छ । होली लगायतका परम्परागत रुपमा मनाइने यस्ता कार्यक्रमहरूले सुदूरपश्चिमेली पहिचानलाई उजागर गर्नुका साथै संस्कृतिको जगेर्ना गर्न सहयोग गर्ने सुदूरपश्चिम खप्तड सेवा समाज चितवनका अध्यक्ष जीवन रावलले बताए । उनले चितवनमा रहेका सुदूरपश्चिमेलीहरूलाई अझ संगठित बनाउन यस्ता गतिविधिहरू आवश्यक रहेको समेत बताए। होली पर्वमा सहभागीहरूले रंग, संगीत र नृत्यको साथमा उल्लासमय वातावरणमा होली खेलेका थिए । समाजले आगामी दिनहरूमा पनि मौलिक कार्यक्रममा निरन्तरता दिने योजना बनाएको छ। पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली...
बझाङमा किशोरीलाई जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना पक्राउ

बझाङमा किशोरीलाई जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा किशोरीमाथि जबर्जस्तीकरणी गर्ने  र सघाउने दुबै जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तल्कोट गाउँपालिका - ५ घर भई चैनपुरमा डेरा गरि बस्दै आएका २२ वर्षीय हेमन्त भण्डारी र तलकोट गाउँपालिका–२ घर भई चैनपुर बजारमा बस्ने २१ वर्षीय महेश कुँवर रहेका छन् । मष्टा गाउँपालिका–१ घर भई हाल चैनपुरमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई २२ वर्षीय भण्डारीले आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको र २१ वर्षीय कुँवरले उक्त घटनामा कोठाको बाहिरबाट चुक्कुल लगाएर सघाएको आरोप लागेको छ । अहिले पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
स्ववियू सभापतिका उम्मेदवार धामीको टिमद्वारा बिरामीलाई फलफूल वितरण

स्ववियू सभापतिका उम्मेदवार धामीको टिमद्वारा बिरामीलाई फलफूल वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका १ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । बझाङदीप क्याम्पस झोताका अखिल (समाजवादी)का स्ववियू सभापति पदका उम्मेदवार अक्कल धामीको टिमले स्वास्थ्य केन्द्रमै पुगेर फलफूल वितरण गरेको हो । अखिल समाजवादी शिक्षोदय माध्यमिक विद्यालय बागथलाका इकाइ अध्यक्ष स्वर्गिय सागर भण्डारीको सम्झनामा बिरामीलाई फलफूल वितरण गरिएको अखिल समाजवादीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज