धनगढी- कैलालीको मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१९ फूलवारी बाइसघरस्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो होलीको दिन उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो।तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए।

