निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका
नेपालमा लोकतन्त्रको सबल अभ्यासका लागि निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन अनिवार्य सर्त हो। यही उद्देश्यका लागि निर्वाचन आयोग ले प्रत्येक निर्वाचनअघि आचारसंहिता जारी गर्ने गर्दछ। निर्वाचन आचारसंहिता केवल राजनीतिक दल र उम्मेदवारका लागि मात्र होइन, सञ्चार माध्यम, सार्वजनिक पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय र आम नागरिक सबैका लागि मार्गदर्शक दस्तावेज हो।
आचारसंहिताको मूल उद्देश्य
निर्वाचन आचारसंहिताको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र र भयमुक्त बनाउनु हो। यसले चुनावी प्रचार–प्रसारलाई मर्यादित र तथ्यपरक बनाउन, राज्य स्रोत–साधनको दुरुपयोग रोक्न तथा मतदातालाई प्रभाव पार्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्पष्ट मापदण्ड तोकेको हुन्छ।
सञ्चार माध्यमको जिम्मेवारी
सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग मानिन्छ। विशेषगरी टेलिभिजनजस्ता प्रभावशाली माध्यमले जनमत निर्माणमा ठूलो भू...











