असार महिनामै ३० प्रतिशत बढी खर्च, सुदूरपश्चिमको वार्षिक खर्च ७० प्रतिशत
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर तीव्र खर्च बढाउँदै असार महिनामात्रै ३० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। योजना कार्यान्वयनको अन्तिम चरणमा मात्रै तीव्र गतिमा खर्च गरेको सरकारले असार महिनाभरमा नौ अर्ब १० करोड रुपैयाँ खर्च गरेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव २०८१/०८२ मा कुल ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोमध्ये असार २५ गतेसम्ममा २२ अर्ब २८ करोड रुपैयाँ (७० दशमलव ५० प्रतिशत) खर्च भइसकेको छ।
प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार, कुल खर्चमध्ये पुँजीगततर्फ १२ अर्ब ४७ करोड रुपैयाँ (६६ दशमलब ५० प्रतिशत) र चालु तर्फ नौ अर्ब ८० करोड रुपैयाँ (७६.८१ प्रतिशत) खर्च गरिएको छ।
गत जेठ मसान्तसम्म प्रदेशको खर्च १३ अर्ब १८ करोड रुपैयाँ मात्रै रहेको थियो। जोशीका अनुसार, असार २५ गतेमात्रै दुई अर्ब रुपैयाँभन्दा बढी...











