Advertisement

ताजा अपडेट

आन्दोलन र दबाबपछि सामाजिक सञ्जालकाे प्रतिबन्ध हटाउन सरकार बाध्य

आन्दोलन र दबाबपछि सामाजिक सञ्जालकाे प्रतिबन्ध हटाउन सरकार बाध्य

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलन र दबाबपछि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत प्लेटफर्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो। सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सञ्जालहरू बन्द गरेको थियो। तर, प्रतिबन्धका कारण अनलाइन व्यापार–व्यवसाय, विद्यार्थीहरूको पढाइ तथा विदेशमा रहेका आफन्तसँगको सम्पर्कमा ठूलो समस्या परेको थियो। सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको विरोधमा युवा पुस्ताले आन्दोलित भएपछि सरकारले प्रतिबन्ध हटाउन बाध्य भएको हो।...
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सामान्य दक्षिणतर्फ सरिएको छ भने पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली भएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस र देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ भने अन्य पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले भार...
‘जेन जी’ प्रदर्शनको घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

‘जेन जी’ प्रदर्शनको घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले राजीनामा बुझाएका हुन् । सोमबार भएको ‘जेन जी’ पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखक राजीनामा दिन बाध्य भएका हुन् । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिने निर्णय गरेको स्रोतले जनाएको छ ।...
‘जेन जी’ प्रदर्शनमा प्रहरीको गोली : १९ को मृत्यु, साढे ३ सयभन्दा बढी घाइते

‘जेन जी’ प्रदर्शनमा प्रहरीको गोली : १९ को मृत्यु, साढे ३ सयभन्दा बढी घाइते

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका ‘जेन जी’ पुस्तामाथि प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । अस्पतालहरूको विवरणअनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । त्यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसी अस्पतालमा २ जनाको ज्यान गएको हो । यसैगरी सुनसरीको इटहरीमा गोली लागेर २ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा परी काठमाडौं र इटहरीका विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेमध्ये धेरैको टाउको र छातीमा गोली लागेको बताइएको छ । सन् १९९७ देखि २०१२ बीच जन्मेका युवाहरूलाई ‘जेन जी’ पुस्ता भनिन्छ । इन्टरनेट र विश्वव्यापीकरणसँगै हुर्किएको यो पुस्ता लामो समयदेखि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्दै आएको थियो । सरकारले सामाजिक...
आज कोशी- बागमतीमा भारी वर्षाको सम्भावना

आज कोशी- बागमतीमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आज देशका पहाडी भू–भागमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो १२ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए। आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।...
आजदेखि सोह्रश्राद्ध आरम्भ, पितृतृप्तिसँगै दुर्गा पक्ष सुरु हुने परम्परा

आजदेखि सोह्रश्राद्ध आरम्भ, पितृतृप्तिसँगै दुर्गा पक्ष सुरु हुने परम्परा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आश्विन कृष्ण प्रतिपदाबाट सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित पञ्चाङ्गअनुसार पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्नेछ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल तृतीयासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानपूर्वक तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ। वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि वा कुनै ठूलो कार्य अघि दिवंगत पितृप्रति श्रद्धा–भक्ति अर्पण गर्दै सोह्रश्राद्ध गर्ने प्रचलन रहिआएको छ। शास्त्रीय मान्यताअनुसार यस समयमा पितृहरूले सन्तानबाट तर्पणको आशा गर्ने भएकाले सोह्रश्राद्धलाई ...
बैतडीमा एक युवकले गरे आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या

बैतडीमा एक युवकले गरे आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदामा ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी ३४ वर्षीया बेलमती धामीको बन्चरो प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार राति करिब ११ बजे घरभित्रै घाँटीमा बन्चरो प्रहार गरी हत्या गरिएको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ। हत्या आरोपित धामीलाई प्रहरीले गएरातिनै नियन्त्रणमा लिएको जनाएको छ। यज्ञ सिंह हुलाक सेवाका अतिरिक्त कर्मचारी हुन्। कैलालीमा कार्यरत उनी भदौ १९ गते मात्र घर आएका थिए। आफन्त जय सिंह धामीका अनुसार उनी घर फर्किएको चार दिनमै आमासँग समेत विवाद गरी कुटपिट गरेका थिए। हत्याको कारण खुलेको छैन भने मानसिक अवस्था सामान्य नभएको आफन्तले बताएका छन्। हत्या भएकी बेलमती एकल महिला थिइन्। उनका चार छोरी र एक छोरा रहेका छन्। यज्ञ सिंहको श्रीमती वैदेशिक र...
केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम पालिकाको सभाहलमा आज सम्पन्न भएको हो । स्थानीय तहको स्वास्थ्य कार्यक्रमहरुको प्रगतिको तुलनात्मक विश्लेषण, गत आर्थिक वर्षको समिक्षामा पहिचान भएका समस्याको प्रगति तथा कार्यक्रमबाट भएका उपलब्धी र देखिएका समस्याहरु पहिचान गरि सुधार गर्ने पक्षहरुको आगामी आर्थिक वर्षमा सम्बोधन गर्नका लागि बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । त्यस्तै स्वास्थ्य संस्थामा जनशक्तिको विवरण र चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका लागि यो कार्यक्रम आयोजना गरिने गरेको पालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले जानकारी दिए। उनका अनुसार कार्यक्रममा पालिका मातहतका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८१ ,०८२ ...
चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गर्दै सूचना प्रविधिमा पुनः आफ्नो नेतृत्व कायम गरेको छ। यस चिपमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट पुर्‍याउन सकिने दाबी गरिएको छ। बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त प्रयासमा बनेको यो चिप लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनामा आधारित छ। अध्ययन प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित भएको हो। यस चिपले विद्यमान इन्टरनेट भन्दा करिब ५ हजार गुणा तीव्र स्पीड दिनेछ। साथै, यसले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सम्पूर्ण स्पेक्ट्रममा काम गर्ने क्षमता राख्दछ। यसको आकार केवल ११ मि.मि. × १.७ मि.मि. रहेको छ। यो प्रविधिले मोबाइल, कम्प्युटर र स्मार्ट उपकरणमा उत्कृष्ट कनेक्टिभिटी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, विज्...
‌‍आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

‌‍आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्य स्थान र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर अवस्थित छ। सिक्किम आसपास बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालमा विशेषगरी पूर्वी भूभागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य ठाउँमा आंशिक बदली छ। आज दिउँसो देशका पहाडी भागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। आज राति कोशी र मधेस प्रदेशसहितका पहाडी भागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना छ। महाशाखाले विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्...
आज नेपालमा खग्रास चन्द्रग्रहण

आज नेपालमा खग्रास चन्द्रग्रहण

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार नेपालसहित एसियाका धेरै देशबाट खग्रास चन्द्रग्रहण देखिन लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिलाई ग्रहण नहेर्न सल्लाह दिइएको छ। राशिअनुसार कोहीलाई लाभ त कोहीलाई कष्ट हुने फलादेश गरिएको छ। पौराणिक मान्यताअनुसार आइतबार दिउँसो १:११ बजेदेखि सुतक लाग्ने र ग्रहण अवधिमा भोजन, शयन र मैथुन निषेध गरिएको छ। मन्त्रजप र हवनलाई भने उपयुक्त मानिएको छ।...
एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चलेर आज सकिँदैछ। महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० समूहमा विभाजन गरेर प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूले छलफल गरेका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो समूहगत प्रतिवेदन तयार गरिरहेका छन्। आइतबार यी प्रतिवेदन समूह नेतामार्फत महाधिवेशन हलमा प्रस्तुत गरिनेछ। शनिबार दिनभर चलेको छलफलपछि प्रतिवेदन लेखन सुरु भएको एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागीहरूले दिएका सुझावलाई आधार बनाएर प्रतिवेदन लेखिएको उनले बताइन्। पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार सबै प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासामा जवाफ दिनेछन्। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज