काठमाडौँ– जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलन र दबाबपछि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत प्लेटफर्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सञ्जालहरू बन्द गरेको थियो। तर, प्रतिबन्धका कारण अनलाइन व्यापार–व्यवसाय, विद्यार्थीहरूको पढाइ तथा विदेशमा रहेका आफन्तसँगको सम्पर्कमा ठूलो समस्या परेको थियो।
सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको विरोधमा युवा पुस्ताले आन्दोलित भएपछि सरकारले प्रतिबन्ध हटाउन बाध्य भएको हो।

