Advertisement

चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

Advertisement

चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गर्दै सूचना प्रविधिमा पुनः आफ्नो नेतृत्व कायम गरेको छ। यस चिपमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट पुर्‍याउन सकिने दाबी गरिएको छ।

बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त प्रयासमा बनेको यो चिप लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनामा आधारित छ। अध्ययन प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित भएको हो।

यस चिपले विद्यमान इन्टरनेट भन्दा करिब ५ हजार गुणा तीव्र स्पीड दिनेछ। साथै, यसले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सम्पूर्ण स्पेक्ट्रममा काम गर्ने क्षमता राख्दछ। यसको आकार केवल ११ मि.मि. × १.७ मि.मि. रहेको छ।

यो प्रविधिले मोबाइल, कम्प्युटर र स्मार्ट उपकरणमा उत्कृष्ट कनेक्टिभिटी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, विज्ञहरूले यससँगै विद्युत–चुम्बकीय विकिरण, साइबर आक्रमण र डेटा गोपनियतामा जोखिम बढ्ने चेतावनी पनि दिएका छन्।

सिक्सजी चिपका विशेषता

इन्टरनेट स्पीड विद्यमान भन्दा करिब ५ हजार गुणा तीव्र

०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्म सबै स्पेक्ट्रममा काम गर्ने क्षमता

सानो आकार : ११ मि.मि. × १.७ मि.मि.

एक सेकेण्डमै १०० जिबी डेटा ट्रान्सफर

५० जिबीको ८के एचडी फिल्म आधा सेकेण्डमै डाउनलोड

इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित

न्यून फ्रिक्वेन्सीमै प्रभावकारी सञ्चालन

मोबाइल, कम्प्युटर तथा स्मार्ट उपकरणमा उच्च स्पीड र स्थिर कनेक्टिभिटी

ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट सम्भव

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज