Advertisement

ताजा अपडेट

बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना

बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना हुँदैछ। धर्मग्रन्थअनुसार, देवी चन्द्रघण्टाको हातमा चन्द्रमा अंकित घण्टा हुने भएकाले उनी ‘चन्द्रघण्टा’ नामले चिनिन्छिन्। उनको स्वरूप पहेंलो वर्णको हुन्छ र शान्त, करुणामयी तथा शक्तिशाली मानिन्छ। अत्याचारी र दानवीय प्रवृत्तिको नाश गर्ने देवीको रुपमा पनि उनी वर्णन गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको आराधनाले भक्तजनले अपार शक्ति प्राप्त गर्ने विश्वास छ। त्यस्तै, वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने, आत्मबल र तेज बढ्ने बताउनुभयो। विशेषगरी गीत–संगीत क्षेत्रमा लागेकाहरू देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने प्रचलन छ। नवरात्रको पहिलो दिन घटस्थापना गर्दै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारि...
बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ । दसैं तिहारलाई लक्षित गरि असोज ६ गतेदेखि जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यात्रु सुविधाका लागि सदरमुकाम चैनपुर स्थित बसपार्क, केदारस्युँ गाउँपालिका ९ अस्थायी प्रहरी पोस्ट झोता र वडा नं ४ को बागथामा यात्रु सहायता कक्ष स्थापना गरेकाे  । भाद्र ६ गते दिउँसो करिब १२ बजे विशेष कार्यक्रमका बीच कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुहरूले यात्रा गर्ने क्रममा पर्न सक्ने समस्या, आवश्यक जानकारी र आपत्कालीन सहयोग सहज रूपमा पाउनेछन्। कक्षमार्फत विशेषगरी लामो दूरीका यात्रुहरूलाई यात्रा सम्बन्धी सूचना, बाटोमा पर्न सक्ने सम्भावित जोखिमबारे सचेतना तथा तत्काल ...
देउरामा  पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा विभिद बिषयमा छलफल गर्नका लागि आयोजना गरिएको बैंठक सम्पन्न भएको हो । समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आयोजनाबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै, आयोजनाको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य छिटो अघि बढाउन सरकार र विकासकर्तालाई दबाब दिने निष्कर्ष लगायका विषयमा छलफल भएको थियो । बैठकले पश्चिम सेती सरोकार संस्था नवीकरण गर्ने, सदस्यता वितरण गर्ने र पुराना सदस्यहरूको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ। चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। यसको परामर्शदाता जे...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पदमुक्त, सिलवाल नियुक्त

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पदमुक्त, सिलवाल नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए। शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ।...
केदारस्यूँ गाउँपालिकाद्धारा दसैं–तिहार लक्षित बजार अनुगमन, २१ हजार बराबरका म्याद नाघेका सामग्री नष्ट

केदारस्यूँ गाउँपालिकाद्धारा दसैं–तिहार लक्षित बजार अनुगमन, २१ हजार बराबरका म्याद नाघेका सामग्री नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आउँदै गरेको दसैं–तिहारलाई लक्षित गरी बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक मनिषा धामीको संयोजकत्वमा आज देउरा, झोता र बागथला बजार क्षेत्रमा अनुगमन गरिएको हो । दसैं तिहारका लागि उपभोक्ताले दैनिक उपभोग्य लगायतका सरसामान किन्नका लागि बजारमा भिडभाड हुने गरेको छ । यहीं मौका छोपेर व्यापारीहरूले गुणस्तर हिन् म्याद नाघेको सामान बिक्रीवितरण तथा चर्को मुल्य असुल्न सक्ने भन्दै पालिकाले अनुगमन गरेको उपाध्यक्ष मनिषा धामीले बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पालिकाका मुख्य र अन्य बजार क्षेत्रमा अनुगमन तथा जनचेतना फैलाएको समेत बताए । अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्री तेल, नुन, चामल, दाल, मसला, ग्यास, तरकारी, फलफूललगायत वस्तुहरूको मूल्य, गुणस्तर र म्याद सम्बन्धी पक्षमा निरीक्षण गरिएको थियो । अनुगमन टोलीले बजारमा म्याद...
आजदेखि सोह्रश्राद्ध सकिँदै

आजदेखि सोह्रश्राद्ध सकिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (औँसी तिथि) श्राद्धसहित समापन हुँदैछ। दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी पितृपक्षको समापन गर्ने परम्परा रहेको छ। १५ दिनसम्म चल्ने यो श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज औँसी तिथि भएकाले, कुनै कारणवश अरू दिन श्राद्ध गर्न नसकिएका भए आज गर्नुपर्ने शास्त्रीय मान्यता छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीभित्र श्राद्ध गर्न सकिन्छ। त्यतिबेला पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिरसम्मका केही विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प छ। श्राद्ध नगरे पितृ असन्तुष्ट भई श्राप दिन्छन् भन्ने विश्वास धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ। त्यसैले श्रद्धा–भक्तिसाथ श्राद्ध गर्नु सन्तानको दायित्...
केदारस्यूँ १ चौडाममा बाघको आतंक,  शुक्रबार चराउन लगिएका ३ बाख्रा मारिए, स्थानीय त्रसित

केदारस्यूँ १ चौडाममा बाघको आतंक, शुक्रबार चराउन लगिएका ३ बाख्रा मारिए, स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–१ चौडामका बासिन्दा पछिल्ला दिनमा बाघको त्रासमा बस्न बाध्य भएका छन्। आज दिउँसो करिब २ बजे बसन्ता खड्काका तीन वटा बाख्रा घर नजिकैको वनमा चरिरहेको अवस्थामा बाघले आक्रमण गरी मारिदिएको छ। चराउन लगिएका बाख्रा घर फर्काउने क्रममा घट्टाइजर नजिकै बाघको आक्रमणमा परि मरेका हुन् । यो घटनाले स्थानीय त्रासित बनेका छन्। त्यसो त यसअघि पनि यही क्षेत्रमा बाघको आतंक देखिएको थियो। करिब १५ दिनअघि ६ वटा बाख्रा बेपत्ता भएका थिए भने एक बाख्रा घाइते अवस्थामा फेला परेको थियो। लगातार बाघले बाख्रा मार्ने र बेपत्ता पार्ने घटनाले किसानलाई ठूलो नोक्सानी भएको छ। दिउँसै बाघ गाउँ नजिकै देखिन थालेपछि अब मानिसमाथि पनि आक्रमण गर्नसक्ने आशंका बढेको स्थानीय निराजन खड्काको भनाइ छ। पशुपालनमार्फत घर खर्चको जोहो गरिरहेका गाउँलेलाई अहिले गोरु बाख्रा चराउनसमेत डर लाग्ने अवस्था आएको छ। स्थानीयवासील...
जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् । जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् । जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । २४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए...
आज संविधान दिवस

आज संविधान दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। यस वर्ष संविधान घोषणाको एक दशक पूरा भएको छ। सरकारले देशको राजनीतिक परिवर्तनको आधार बनेको संविधानलाई उत्सवका रूपमा मनाउन आह्वान गरेको छ। गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायत भव्य कार्यक्रम भने न्यून हुने भएका छन्। संविधान कार्यान्वयनपछिका उपलब्धि, कमीकमजोरी तथा चुनौतीबारे बहस, छलफल र अन्तरक्रिया हुने भनिए पनि पछिल्ला आन्दोलनका कारण त्यस्ता...
धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- यातायात विभागले धनगढीका लागि पठाएका १८ हजार १०० बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन्। सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट वितरण सुरु गर्ने तयारी गरेको थियो। तर आन्दोलनका क्रममा गोदाममा आगजनी हुँदा सम्पूर्ण नम्बर प्लेट खरानी भएको कार्यालय प्रमुख भूवन जोशीले बताए। उनका अनुसार चार करोड ५२ लाख रुपैयाँ लागतका नम्बर प्लेटसहित फर्निचर र उपकरणमा पनि करिब एक करोड ५० लाख बढीको क्षति भएको छ। तीन दिनसम्म बलिरहेको आगो निभाउन नसकिएको उनले बताए। नम्बर प्लेट नष्ट भएपछि धनगढी यातायात कार्यालयमा वितरण सेवा अवरुद्ध भएको छ।...
जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनपछि गौरीफन्टा, गड्डाचौकीलगायत सुदूरपश्चिमका नाकामा आवतजावतमा कडाइ गरिएको छ। भारत–नेपाल ओहोरदोहोर गर्न अब अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। यसले दसैँ–तिहारमा घर फर्किने, किनमेल वा कामको खोजीमा भारत पस्ने नेपालीलाई सास्ती भएको छ। सरकारले यकिन तथ्यांक नजाने पनि करिब पाँच–छ लाख नेपाली भारतमा रोजगारीमा छन् भन्ने अनुमान छ। कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार सरकारी कागजातबिना सीमा पार गर्न पूर्ण रोक लगाइएको छ। कागजात नबोक्नेहरूलाई नाकाबाटै फर्काइन्छ। दसैँ नजिकिँदै गर्दा सीमामा चहलपहल बढेको छ। कोही पर्व मनाउन घर फर्किँदै छन् भने कोही भारत पस्ने तयारीमा छन्। विगतमा सहजै पार गर्न सकिने गौरीफन्टा नाकामा अहिले परिचयपत्र अनिवार्य बोकेर मात्र ओहोरदोहोर गर्न पाइन्छ।...
मनसुन सक्रिय, आज देशभर बदलीसहित वर्षाको सम्भावना

मनसुन सक्रिय, आज देशभर बदलीसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका बाँकी भूभागमा आंशिक बदली हुनेछ। ती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज