नेपालबाट मनसुन बाहिरिए पनि सुदूरपश्चिम र कर्णालीमा अझै वर्षाको सम्भावना
धनगढी- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बर्हिगमन भए पनि पश्चिमी प्रदेशहरूमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिएको छ भने कतिपय स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। वर्षाको प्रभाव विशेषगरी कृषि तथा पर्यटन क्षेत्रमा पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
विभागका अनुसार यस वर्ष मनसुन नेपालबाट चार दिन ढिलो बाहिरिएको हो। सामान्यतया मनसुन अक्टोबर २ तारिखसम्म समाप्त हुने गरे पनि यसपालि केही ढिलो भएको हो।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन बर्हिगमनको सम...










