वेस्ट इन्डिजले युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाललाई १० विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रनमा समेटियो। वेस्ट इन्डिजले लक्ष्य १२.२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो।
अन्तिम खेलमा हार्दै पनि नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ।...
२०८२ आश्विन १५, बुधबार ०७:४९२०८२ आश्विन १५, बुधबार ०७:४९२०८२ आश्विन १५, बुधबार ०७:४९ by कामना संवाददाताNo Comments
धनगढी- बैतडीको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय नजिक सोही नगरपालिका–१ दउनेबाजकी करिब ३०–३२ वर्षीया भागरथी लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
देहिमाण्डौ मेला हेरेर घर फर्किँदै गरेकी लुहारलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको महाकाली यातायातको बस (सु.प्र. ०२–००१ ख १०१७) ले ठक्कर दिएको हो।...
२०८२ आश्विन १५, बुधबार ०७:३८२०८२ आश्विन १५, बुधबार ०७:३८२०८२ आश्विन १५, बुधबार ०७:३८ by कामना संवाददाताNo Comments
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर विभिन्न शक्तिपीठ र मन्दिरमा विशेष पूजाआराधनासहित मनाइँदैछ।
महानवमीका दिन घटस्थापनाका दिन राखिएको जमरा शक्तिपीठमा चढाइने परम्परा छ। दसैँघर, कोतलगायत देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिनुका साथै बोका, हाँस, कुखुरा र राँगाको बलि दिने प्रथा रहिआएको छ।
पशुबलि नदिने सात्विकहरूले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलसमेत बलि चढाएर पायस अर्पण गर्ने चलन छ। अधिकांश ठाउँमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने प्रथा पनि प्रचलित छ।
मार्कण्डेय पुराणअनुसार यसै दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्व दिइन्छ। कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा पनि छ।
नवरात्रको अन्तिम ...
सुर्खेत- दशैंको अवसरमा चौकुने गाउँपालिकाका अनाथ बालबालिकालाई नयाँ लुगाकपडा र खसी प्रदान गरिएको छ। चौकुने गाउँपालिका–७ स्थित अनाथ बालगृहमा आश्रय लिइरहेका बालबालिकालाई गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले व्यक्तिगत पहलमा उपहार स्वरूप कपडा र खसी दिएका हुन्।
अध्यक्ष विकले बालबालिकालाई पसलमै लगेर उनीहरूले मनपर्ने कपडा रोजेर किनिदिएका छन्। उनले यसअघि पनि प्रत्येक प्रमुख चाडपर्वमा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै आएको जनाउँदै यस वर्ष पनि उनीहरूलाई हर्षोल्लासपूर्वक दशैं मनाउन सहयोग गरिएको बताए।
“यी बालबालिका समाजकै अमूल्य सम्पत्ति हुन्। अभिभावकको अभावले उनीहरूलाई चाडपर्वमा वञ्चित हुन नदिनु हाम्रो साझा जिम्मेवारी हो,” अध्यक्ष विकले भने।
त्यस्तै, अध्यक्ष विकले यसपटक दशैं पनि अनाथ बालबालिकासँगै मनाउने योजना रहेको बताए। स्थानीयवासीले विकको यस्तो पहलले समाजमा अभिभावकविहीन बालबालिकाप्रति ...
२०८२ आश्विन १४, मंगलवार ०७:४७२०८२ आश्विन १४, मंगलवार ०७:४७२०८२ आश्विन १४, मंगलवार ०७:४७ by कामना संवाददाताNo Comments
धनगढी- गएको एक घण्टामा सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। हनुमाननगर नगरपालिकामा मात्र ४४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया आकाश बदली रहनेछ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव रहने मौसमविद्हरूको भनाइ छ।...
२०८२ आश्विन १४, मंगलवार ०७:४१२०८२ आश्विन १४, मंगलवार ०७:४१२०८२ आश्विन १४, मंगलवार ०७:४१ by कामना संवाददाता1 Comment
बडादशैं तथा नवरात्रको आठौँ दिन आज दशैंघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।
यस दिन दशैंघर, कोत र देशभरका विभिन्न शक्तिपीठमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। भक्तजनहरूले आफ्ना कुलदेवी, देवता तथा स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने चलन छ भने सात्विकहरू नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्छन्।
काठमाडौंको दशैंघर हनुमानढोकास्थित मूल चोकमा तलेजु भवानीलाई परम्पराअनुसार ५४ राँगा र ५४ बोका बलि दिने प्रथा रहेको छ। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानी रातभर गुप्तपूजा गर्ने चलन छ।
विशेषगरी आजको दिन पञ्चबलि दिने परम्परा छ, जसमा बोका, राँगा, परेवा, हाँस र भेडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच पशु बलि प्रतीक मात्र हुन्, जसले अंहकार, मोह, मद, लोभ र बिक्रित प्रवृत्तिलाई त्याग्ने सन्देश दिन्छन्। कतिपयको भनाइम...
२०८२ आश्विन १४, मंगलवार ०७:३५२०८२ आश्विन १४, मंगलवार ०७:३५२०८२ आश्विन १४, मंगलवार ०७:३५ by कामना संवाददाताNo Comments
नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खला एक खेल अगावै जितेको छ। गएराती शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।
यसअघि पहिलो खेलमै वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला पक्का गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे। त्यस्तै, सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६३ रन जोडे। मोहम्मद आदिल आलमले ११ रन योगदान गरे।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १...
२०८२ आश्विन १४, मंगलवार ०७:२६२०८२ आश्विन १४, मंगलवार ०७:२६२०८२ आश्विन १४, मंगलवार ०७:२६ by कामना संवाददाताNo Comments
बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु भएसँगै जिल्लामा मतदाता र उम्मेदवारको विषयमा चर्चा बढेको छ।
बैतडीमा महिला मतदाताको संख्या पुरुषभन्दा एक हजार ७३९ ले बढी छ। कुल एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष ६९ हजार २३० जना रहेका छन्। तर, अहिलेसम्म प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि सभामा महिला उम्मेदवारलाई अवसर दिन सकेका छैनन्।
जिल्लाको जनगणना तथ्याङ्कअनुसार पनि महिलाको संख्या पुरुषभन्दा बढी छ। २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४२ हजार १५७ मध्ये महिला एक लाख २८ हजार २९३ र पुरुष एक लाख १३ हजार ८६४ जना रहेका छन्। यस आधारमा महिलाको संख्या पुरुषभन्दा १४ हजार ४२९ ले बढी भएको हो।...
२०८२ आश्विन १३, सोमबार १६:५२२०८२ आश्विन १३, सोमबार १६:५२२०८२ आश्विन १३, सोमबार १६:५२ by शिवजी मण्डेलNo Comments
बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्।
डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ।
दशैं पर्व ...
२०८२ आश्विन १३, सोमबार ०७:३६२०८२ आश्विन १३, सोमबार ०७:३६२०८२ आश्विन १३, सोमबार ०७:३६ by कामना संवाददाताNo Comments
एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे । भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए ।...
२०८२ आश्विन १३, सोमबार ०७:३२२०८२ आश्विन १३, सोमबार ०७:३२२०८२ आश्विन १३, सोमबार ०७:३२ by कामना संवाददाताNo Comments
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
यो केन्द्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो । केन्द्र निर्माणमा यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोग रहेको छ ।
स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर यहाँ ल्याएर ‘अटो–क्लेभ मेसिन’मार्फत उच्च तापक्रम र प्रेसरमा राखी जीवाणु नष्ट गरी मात्र व्यवस्थापन गरिनेछ ।
धनगढी उपमहानगरपालिकामा हाल १७१ वटा स्वास्थ्य संस्था रहेका छन्, जसमा २१ वटा नगरकै मातहतमा छन् । यी संस्थाबाट दैनिक ठूलो मात्रामा फोहोर निस्कने भएकाले अब स्रोतमै पृथकीकरण गर्ने तयारी गरिएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोला र सुई काट्ने सुविधा पनि व्यवस्था गरिएको जनाइएको छ ।...
२०८२ आश्विन १३, सोमबार ०७:२६२०८२ आश्विन १३, सोमबार ०७:२६२०८२ आश्विन १३, सोमबार ०७:२६ by कामना संवाददाताNo Comments
आज बडा दशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।
‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।
फूलपाती भित्राउ...