Advertisement

ताजा अपडेट

मनसुन कमजोर, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मनसुन कमजोर, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि सफा मौसम रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहने, तराईका केही स्थानमा आंशिक बदली हुने र पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।...
कैलालीको लम्कीचुहाका ७० वर्षीय वृद्ध बेपत्ता

कैलालीको लम्कीचुहाका ७० वर्षीय वृद्ध बेपत्ता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीका एक ७० वर्षीय वृद्ध बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ बि टोलका ७० वर्षीय वीरबहादुर गौतम बेपत्ता भएका हुन् । मानसिक सन्तुलन ठिक नभएका गौतम आज (बुधबार) दिउँसो साढे १२ बजेतिर घरबाट निस्किएका थिए। पारिवारिक स्रोतका अनुसार निलो सर्ट, कालो हाफ पाइन्ट लगाएका र कालो झोला बोकेका गौतम अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनलाई कतै फेला परेमा नजिकैको प्रहरी कार्यालय लम्कीमा वा ९८४८४२८११७ र ९८४८४२०८६५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।...
प्रवासी जनकल्याण समिती द्वरा  बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

प्रवासी जनकल्याण समिती द्वरा बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, समाचार
भारत बेंगलोर प्रवासी जनकल्याण समितिको आयोजनामा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज धमाका कार्यक्रम बेंगलोरमा भव्य रुपमा हुने भएको छ। कार्यक्रममा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, राष्ट्रिय गायिका भूमिका गिरी, गायक सर्जक कटक नेपाली, सर्जक गजेन्द्र परियार र गायीका पुस्पा आचार्यको विशेष उपस्थितिका साथ प्रस्तुत रहने छ। उहाँहरुको साथसाथै स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रम यही अगस्त २४ तारीक मलेश्रम मा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म हुने भयको छ कार्यक्रम हुने स्थान : रोटरी क्लब सरकारी गल्स हाई सकूल १३ औं क्रस मल्लेशराम बेंगलोर (कार्यक्रम स्थल: 13th Cross Govt Girls High School, Malleswaram Bangalore Rotary Club-56000) कार्यक्रमलाई सफल पार्न सम्पूर्ण प्रवासी नेपालीहरुको साथ सपोर्ट को खाचो रहेको भन्द...
टप इन्ड टी–२० : नेपाल आज मेलबर्न रेनेगेड्ससँग पाँचौँ खेल खेल्दै

टप इन्ड टी–२० : नेपाल आज मेलबर्न रेनेगेड्ससँग पाँचौँ खेल खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौँ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल पार्मस्टनमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकस, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो। शृङ्खलामा ११ टोली सहभागी छन् र हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछ। नेपालले पर्सि शुक्रबार पाकिस्तान साहिन्ससँग आफ्नो छैटौँ खेल खेल्ने तालिका रहेको छ। टप इन्ड टी–२० शृङ्खला तथा त्यसपछिका अभ्यास खेलहरू नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटका तयारीका रूपमा अस्ट्रेलियामै खेलिरहेको हो।...
आज कर्णाली र सुदुरपश्चिममा ठूलो वर्षाको सम्भावना

आज कर्णाली र सुदुरपश्चिममा ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।। आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा र तराइको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखा भनाइ छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम कायमै रहेको महाशाखाको भनाइ छ ।...
युवाहरू तयार भए म पद छोड्न तयार छु- प्रधानमन्त्री ओली

युवाहरू तयार भए म पद छोड्न तयार छु- प्रधानमन्त्री ओली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका जिम्मेवारी उनीहरूले सम्हाल्नुपर्ने बताए। ओलीले भने, “यो युवाहरूको समय हो। युवाहरूले अघि बढ्नुपर्छ, देश विकासमा लाग्नुपर्छ। म त पद छोड्न तयार नै छु, तर युवाहरू पनि तयार हुनुपर्छ। म त उनीहरूलाई इन्करेज गर्न चाहन्छु।” प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन, आविष्कार र विकासमार्फत मुलुकले द्रुतगतिमा प्रगति गर्न सक्ने विश्वास पनि व्यक्त गरे।...
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ। मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...
सेनाको सुदूरपश्चिम पृतनापतिमा केसी

सेनाको सुदूरपश्चिम पृतनापतिमा केसी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली सेनाको सुदूरपश्चिम पृतनापतिमा किरण केसी नियुक्त भएका छन्। निवर्तमान पृतनापति प्रकाश देउजाको सरुवा भएपछि केसीलाई खटाइएको हो। प्रधान कार्यालयका अनुसार केही दिनमै उनले नयाँ जिम्मेवारी सम्हाल्नेछन्। केसी यसअघि पनि सुदूरपश्चिममा सेवा गरिसकेका छन्। अघिल्लो वर्ष उपरथीमा बढुवा भएका उनले उपरथी सागरबहादुर थापा अनिवार्य अवकाश गएपछि रिक्त पदमा नियुक्ति पाएका हुन्।...
सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिकाकी बालिका सम्झना विकको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङलमा ज्ञापनपत्र बुझाइएको छ। युवा संगठन नेपाल बझाङ जिल्ला कार्यसमितिले मंगलबार प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई हत्या भएको ६ वर्ष वितिसक्दा समेत सम्झनाको परिवारले क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध मागसहित ज्ञापनपत्र बुझाएको हो । २०७७ असोज ७ गते सम्झनाकै गाउँका एक किशोरले गोठ हिँडेकी बालिका सम्झनालाई गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए । घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्लामा सात दिनसम्म आक्रोशित स्थानीय आन्दोलित भएका थिए । २०७७ असोज १४ गते आन्दोलनरत स्थानीय तथा प्रमुख जिल्ला अधिकारीबीच १० लाख क्षतिपूर्ति दिने र ...
एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
गत अगस्ट ५ मा वैज्ञानिकहरूले पृथ्वीको परिक्रमण गतिमा असामान्य गिरावट ‘नोट’ गरेका छन्। उक्त दिन पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न औसतभन्दा १.४५ मिलिसेकेन्ड बढी समय लगाएको थियो, जसका कारण दिन सामान्यभन्दा लामो भएको हो। पृथ्वी सामान्यतया २४ घण्टामा अर्थात् ८६ हजार ४ सय सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ। तर, सो दिन ८६४००.००१४५ सेकेन्ड लागेको वैज्ञानिकहरूले मापन गरेका छन्। परमाणु घडी तथा खगोलीय अवलोकनमार्फत मात्र यस्ता सूक्ष्म परिवर्तन पत्ता लाग्ने बताइएको छ। वैज्ञानिकहरूको भनाइअनुसार वायुमण्डलीय ढाँचा, समुद्री ज्वारभाटा, पृथ्वीको आन्तरिक गतिविधि र चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पृथ्वीको गति प्रभावित गर्छ। अगस्ट ५ को परिवर्तन दक्षिण गोलार्धका वायुमण्डलीय परिस्थितिसँग सम्बन्धित भएको उल्लेख गरिएको छ। केही क्षेत्रमा असामान्य तिव्र हावाले पृथ्वीको सतहमा क्षणिक अवरोध ल्याएको र त्यसले दिनक...
रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखिएको छ। शरीरमा केही परिवर्तन देखिएपछि सोमबार नख्खु कारागारमै ट्रमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणपछि रगतको नमूना प्रयोगशालामा पठाइएको र प्राप्त रिपोर्टअनुसार भिटामिन डीको कमी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। प्रवक्ता झाका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेको स्वास्थ्य रिपोर्ट अध्ययन गर्दै लामो समयसम्म घाम नपाउने र कारागारभित्र सीमित वातावरणमा रहनु परेको कारण शरीरमा भिटामिन डी घटेको निष्कर्ष निकालेका छन्। स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले डा. यादव सोमबारै नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका थिए।...
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। यसमध्ये कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराईसहित अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र तराईका केही स्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज