काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।
आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा र तराइको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखा भनाइ छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम कायमै रहेको महाशाखाको भनाइ छ ।

