Advertisement

Author: उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा पुर्णिामा मेलाको पुर्ण तयारी भएको छ । दशैकाे पाच दिन पछि लाग्ने याे मेला निकै रमाइलो हुने गर्छ । जिल्लाकाे शिल्देवी मेला सँगसँगै साईपाल गाउँपालीकामा पनि मेला लाग्ने गर्छ । जसमा आज पहिलो दिन यस मेलामा बेलुकी सास्कृतिक कार्यक्रम गर्ने गरिन्छ भने दाेस्राे दिनमा डेउडा खेल हुने गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए । पुर्णिामा मेला सधैं झै काडा माध्यामिक बिद्यालयकाे प्राङ्गणमा सुरु भएको छ । विभिन्न प्रदर्शन सहित आज पहिलाे दिन स्थानीय सास्कृतिक कार्यक्रम रहेकाे छ । मेलामा डेउडा प्रतियोगिता महिला पुरुष भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम रहेका छन । करिब एक हप्ता सम्म मला सञ्चालन हुने गरेको स्राेतकाे भनाइ छ ।...
ईजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानि प्रवास भारत बझाङको आर्थिक सहयाेग

ईजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानि प्रवास भारत बझाङको आर्थिक सहयाेग

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार
बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का गणेश नेपालीकाे परिवारलाई राहत स्वरुप आर्थिक सहयाेग गरिएको छ । आज एक कार्यक्रमका विच ईजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानि प्रवास भारत बझाङ थलाराले आर्थिक सहयाेग गरेको हाे । आफुहरु कमाई गर्ने नेपाल बाट विदेशमा गएर पनि आफ्नै नेपालीकाे पिडालाई खेप्न नसक्दा प्रवासी परिवारले सहयाेग गरेको सँकर दाहालले बताए । मित्र राष्ट्र भारतमा रहेका मालिका भवानी प्रवास भारत बझाङ थलाराका दाजुभाइले सुदुरपश्चिकाे कामना टेलिभिजन मार्फत पिडित गणेश नेपालीकाे घरमै पुगेर १६ हजार ५ सय रुपैयाँ सहयाेग गरेकाे हाे । यसरी भारतबाट आफ्नो दुखलाई भुलेर पनि सहयाेग गरेको भन्दै पिडित परिवारले सहयाेगी सबैलाई भगवान्ले रक्षा गरून् भन्ने आर्शिवाद दिनु भएको थियाे । आपसमा सानाे सानाे रकम जम्मा गरेर राहत स्वरुप नगद हस्ताक्षर गरेका हुन । सहयाेग गर्नेमा थलारा ...
अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु

अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु

कैलाली, खेलकुद, समाचार, सुदूरपश्चिम
धनगढी: अपांगता भएका व्याक्तिहरुका लागि अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका विच कार्यक्रमकाे उद्घघाटन भएको हाे । धनगढीमा रहेकाे वाल्मीकि ईन्टरनेस्नल स्कुलमा २७ / २८ गतेका लागि कार्यक्रम सुरुभएकाे सामाजिक बिकास मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउदले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ अपांगता भएका ब्याक्तिहरुका लागि ह्रिलचेयर बास्केटबल प्रतियोगिता राखिएको स्राेतकाे भनाइ छ । आज सामाजिक विकास मन्त्री झपट बहादुर साउदले एक कार्यक्रमका विच उद्घघाटन गर्नु भएको हाे । कार्यक्रम प्रदेश स्तरीय रहेकाे छ । जसमा ह्विलचेयर बास्केटबल प्रतियोगिता खेलमा लुम्बिनी प्रदेस कर्णाली प्रदेश सु,प प्रदेस गरि जम्मा ४ वटा टिम प्रतिस्पर्धामा भएको हाे ।...
सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी : सुदुरपश्चिम प्रदेशकाे एक मात्र सेती प्रादेशिक अस्पतालकाे सुधार हुँदै आएको छ । विगतका दिनहरूमा समस्याले भरिपुर्ण देख्खिदै आएको यस अस्पतालमा पछिल्लो समय सुधाउन्मुख हुँदै आएको पाईएकाे हाे । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका अधिकाङ्स विरामीहरुले सेवा लिन यस अस्पतालमा पुग्ने गरेका थिए । विगतका दिनहरुमा प्रादेशिक अस्पतालमा धेरै झनझटिला समस्याहरु देखा पर्दै आएका थिए भने कतिपयले निकै दुख खेप्नु परेकाे जनगुनासाे धेरै आएपछि । हाल सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले मेडिकल सुपरिटेन्डेन्टलाई सरुवा गरेका हुन । उनको सरुवा पछि सेती अस्पतालमा केही सुधार हुँदै आएकाे विरामीहरु बताउन्छन । मन्त्री साउद भए सँगै प्रादेशिक अस्पतालमा सुधार हुँदै आएको देखिन्छ । मन्त्री साउदका अनुसार विगतमा के भयाे भन्दा पनि आफ्नो कार्यकालमा स्वास्थ्यमा व्यापक सुधार ल्याउने तयारी गरेकाे र भएका समस्यहरुलाई क्...
बझाङको तलकाेटमा अनन्ते मेलाकाे राैँनक

बझाङको तलकाेटमा अनन्ते मेलाकाे राैँनक

बझाङ, मनोरञ्जन, सुदूरपश्चिम
बझाङ : तलकाेट गाउँपालीकामा अनन्ते मेला अर्थात पुनि मेला सञ्चालन भएको छ । सधैंका बर्ष झै यस बर्ष पनि मेला सञ्चालनमा आएको हाे । मेलामा देश बिदेश बाट मेलाकाे दर्शन गर्न दर्शालुभक्तजनहरु आउने गर्छन । यस बर्षमा स्थानीय सरकार वडा नम्बर ६ ले आर्थिक सहयाेग गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम राखेको थियाे भने । स्थानीयहरुले डेउडा सास्कृतिक कार्यक्रमहरु राखेको थियाे । स्थानीय सरकारले परम्परागत चल्दै आएको सस्कृतिकाे जगेर्ना गर्न सहयाेग गरेको वडा अध्यक्ष विर्जन जेठारालेे बताए । अघिका बर्षकाे तुलनामा यस बर्ष डेउडा प्रतियोगिता राखिएको थियाे जसमा पहिला भन्दा अहिले मन्दिरको निर्माण गरिएको छ ।...
अस्पतालकाे सुधार बझाङ बाट गर्छु – मन्त्री साउद

अस्पतालकाे सुधार बझाङ बाट गर्छु – मन्त्री साउद

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद बझाङ जिल्लामा आउनु भयाे । पहाडी जिल्ला बझाङकाे विभिन्न क्षेत्रकाे अनुगमन सहित गर्दै यहाँका समस्या सुझाव सल्लाह माग्नु भयाे । मन्त्री साउद केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ७ काे सुर्मा भवानी माध्यामिक विद्यालयकाे ३१ अाैँ बार्षिकउत्सव कार्यक्रम लाई उद्घघाटन गर्दै यस विद्यालयमा भएको समस्या चाडैं समाधान गर्ने बताए । त्यसपछि जिल्लाकाे सदरमुकाम चैनपुरमा पुगेका मन्त्रील जिल्ला अस्पताल बझाङकाे अनुगमन गर्नु भएको हाे । अस्पताल बझाङकाे लापरबाही भन्ने न्युज बारम्बार बाहिरीन थालेको भन्दै सामाजिक बिकास मन्त्री झपड सादले विरामीकाे सेवा राम्रो गर्न कर्मचारी लाई निर्देशन दिनु भएको थियाे । उनले भनेका थिए ,जानि जानि लापरबाही नगर्नु यहि उपचार हुने बिरामी लाई धनगढी रिफर नगर्नु, मानिस हाे कहिलेकाही गल्ति हिन्छ यसलाई अन्यथा लिनु हुदैन । तर लापरबा...
तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

बझाङ, ब्यापार, मुख्य समाचार
बझाङ : बझाङ जिल्लाकाे कृषि ज्ञानकेन्द्रमा तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके फुटाएकाे छ । जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी मायादेवी जप्रेलले आफुले तरकारी बेचेर खुत्रुकेमा जम्मा गरेको पैशा ज्ञान केन्द्रकाे कार्यालयमा फुटाईएकाे हाे । यहीँ जेठ देखि विभिन्न ठाउँमा तरकारी बेच्दै घर गएर खुत्रुकेमा जम्मा गर्ने गरेकाे जप्रेलले बताए । जेठ असाढ साउन भदाै ४ महिनामा उनले आफ्नाे गरेको मेहनत सबैलाई देखाउन जिल्ला ज्ञानकेन्द्रमा ल्याएर हाकिम टेक बहादुर बिष्टकाे अगाडि फुटाएकाे उनको भनाइ छ । घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आक्रषण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयाेग पुग्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए । कार्यालय प्रमुख बिष्टले भने एक जना बझाङ कि महिलाले तरकारी बाट यति राम्रो आम्दानी गरेको देख्न पाउँ...
सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ औँ बार्षिकउत्सव कार्यक्रम सुरु

सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ औँ बार्षिकउत्सव कार्यक्रम सुरु

बझाङ, सुदूरपश्चिम
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीका वडा नम्बर ७ मा रहेकाे सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ अाै बार्षिकउत्सव कार्यक्रम सुरु भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले बार्षिक उत्सव कार्यक्रम गरेकाे हाे । कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रेम बहादुर धामीकाे अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपड साउद बिशिस्ट अतिथि नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिव तथा सविधानसभा सदस्य जनक बुढा बिशिस्ट अतिथि बुङ्गल नगरपालिका मेयर जय बहादुर धामी बिशिस्ट अतिथि केदारस्यु गाउँपालीका अध्यक्ष गणेश बाेहरा लगाएत बुद्धिजीवी शिक्षकप्रेमी बिद्यार्थी समाजसेवीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे । बार्षिकउत्सव कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे राम्रो नराम्रो कामको समिक्षा सहित बिद्यालयकाे प्रगति बिबरण प्रस्तुति गर...
हत्यारा खाेज्न जङ्गल तिर बझाङ प्रहरी

हत्यारा खाेज्न जङ्गल तिर बझाङ प्रहरी

बझाङ
बझाङ : जिल्लाकाे छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपीलाई पक्राउ गर्न बझाङ प्रहरी जंगलमा पसेको छ । शनिबार हत्या आरोपीत उनका भाइ बिजुली मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि हत्याआराेपित जंगलमै लुकेको आशंकामा जिल्ला प्रहरी कार्यालयकाे टाेली जंगल पसेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएका छन । डिएसपी शाह जिल्लामा घटेको घटनाका दाेषिलाइ समात्न आफै फिल्डमा पुग्ने गरेका छन । सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले त्यहीँ गाउँ नजिकैको जंगलमा आरोपीत लुकेको हुनसक्ने भन्दै खोजिनिती तीब्र पारिएको जानकारी दिनुभयो । उनका अनुसार अहिले प्रहरीले सबै नाकामा नाकाबन्दी नै गरेको छ। उनी कता लेकेर बसे भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन् सोही कारण उनी भाग्न नपाउन भनेर सबै जिल्लाका प्रहरी टिम खोजीमा लागेको छ ।...
स्थानीय तह कर्मचारी संघर्ष समिति बझाङले बुझायाे ज्ञापनपत्र

स्थानीय तह कर्मचारी संघर्ष समिति बझाङले बुझायाे ज्ञापनपत्र

बझाङ
बझाङ : स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको छ ।आज एक कार्यक्रमका साथ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको हाे । प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिहदरवारमा बुझाएको थियाे । ज्ञापनपत्रमा लेखिएको छ । नेपालकाे सविधानले स्थानीयतहलाई स्थानीय सरकारको रुपमा परिकल्पना गरेकाे छ । साेहि अनुरुप लाेकतन्त्रकाे आधारभुत तहकाे रुपमा स्थानीय सरकार सञ्चालनमा देखिन्छ । सरकारले स्थानिय तहमा सरकारकाे अनुभुति भएको भएता पनि कर्मचारीहरुका थुप्रै माग पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउदै ज्ञापनपत्र बुझाएको सँघर्ष समिती अध्यक्ष झलक दाैल्यालले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पनि स्थानीय तहमातहतकाे हुनुपर्ने र अन्य ऐनमा सबै हकअधिकार समेटि...
अपराध नियन्त्रण गर्छु डिएसपी – शाह

अपराध नियन्त्रण गर्छु डिएसपी – शाह

बझाङ
बझाङ जिल्लामा घटेका घटनाहरु नियाल्दा अधिकाङ्स घटनाहरु मदिराको कारण भएको पाईएकाे छ । बझाङ जिल्लामा नयाँ डिएसपी भरत बहादुर शाह आए सँगै आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन भयाे । सम्मेलनमा डिएसपी शाहले आफू बझाङमा केही गर्नु पर्छ भन्दै आएको दावी गर्नु भयाे । जिल्लामा आफ्नो पहिलाे काम जनताको शान्ति सुरक्षा अमनचयन गर्नु पर्ने दर्शाउदै मदिरा लाई सके सम्म नियन्त्रण गर्न लागि पर्ने बताए । घरेलु मदिरा र बाहिरी बाट आउने महङ्गो प्रकारको रक्सिलाई नियन्त्रण गर्न सके र मापदण्ड अनुसार मात्र बिक्रीबितरण गर्न सिस्टम बसाल्न सके धेरै घटना नहुने उहाँको भनाइ याे । साथै जिल्लामा प्रहरी र पत्रकार साथै समाजका सबै नागरिकले साथ सहयाेग दिनु पर्ने बताए । पछिल्लो समय जिल्लामा ग्रामीण सडक खण्डहरु रहेकोमा जनसमुदायले चर्को भाडादर तिरेर महङ्गो यात्रा गर्न बाध्य भएका यात्रुले नियम अनुसार भाडा तिर...
सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी

सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी

समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल सी.एम.ए.सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ । उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका सी.एम.ए.ले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् । नेपाल सी.एम.ए. सङ्घ जिल्ला कार्यसमिति बझाङ को तेस्रो जिल्ला कार्यसमेतिको बैठक मा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा बिहान देखि बेलुकी सम्म एउटा स्वास्थ्यकर्मी (CMA) को भरमा कुष्ठ रोग,क्षयरोग लगायत सबै किसिमको औषधि वितरण गर्न पाउने तर त्यहीँ स्वास्थ्यकर्मी ले निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको जिल्ला अध्यक्ष कृष्ण बहादुर गुर्धामीले बताउनु भएको छ । बझाङमा दर्ता फार्मेसी पसल १ मात्रै बुंगल फार्मेसी रहेको र बाँकी सबै ले राज्यको घरीघरी दबाब ले डर ले कानुन बिपरित अरुको डकुमेन्ट किनेर ,भाडामा झुन्डिएर ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज