बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीका वडा नम्बर ७ मा रहेकाे सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ अाै बार्षिकउत्सव कार्यक्रम सुरु भएको छ ।
आज एक कार्यक्रमका विच विद्यालयले बार्षिक उत्सव कार्यक्रम गरेकाे हाे । कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रेम बहादुर धामीकाे अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपड साउद बिशिस्ट अतिथि नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिव तथा सविधानसभा सदस्य जनक बुढा बिशिस्ट अतिथि बुङ्गल नगरपालिका मेयर जय बहादुर धामी बिशिस्ट अतिथि केदारस्यु गाउँपालीका अध्यक्ष गणेश बाेहरा लगाएत बुद्धिजीवी शिक्षकप्रेमी बिद्यार्थी समाजसेवीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।
बार्षिकउत्सव कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे राम्रो नराम्रो कामको समिक्षा सहित बिद्यालयकाे प्रगति बिबरण प्रस्तुति गरिएको हाे । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गलाकला सहित सास्कृतिक कार्यक्रमद्वारा स्वागत गरिएको हाे । बिद्यालयकाे कार्यक्रममा बझाङ पुगेका सामाजिक बिकास मन्त्री साउदले यस क्षेत्रमा रहेका समस्याको समाधान गर्ने र आगामी दिनमा आफुबाट हुने कुनै पनि किसिमकाे कमि हुन नदिने बताउनु भयाे । गाउँमा रहेको खानेपानीकाे समस्याकाे समाधानमा सरकार लागिपरेको दावी गर्नु भयाे । स्थानीय सरकारकाे प्रमुख दायित्व भएको कारण केदारस्यु गाउँपालीकाले यसमा प्रत्येक्ष हेर्नू पर्ने बताउनु भयाे ।
बार्षिकउत्सव समारोहमा सविधानसभा सदस्य जनक बुढाले देश सँघिय सँग्रचनामा रहेको बताउदै बिकास भएको दावी गर्नु भयाे बिकासकाे मुल भुत परिकल्पना गरिरहेकाले स्थानीय सरकार अगाडि बढ्नु पर्ने र आफुले नसके प्रदेश सरकार र सँघिय सरकार लाई धाउनु पर्ने बुढाकाे भनाइ थियाे । कार्यक्रममा अधिकाङ्स मानिसले खानेपानी समाधान गर्न सरकार लाग्नु पर्ने बताए । कार्यक्रमकाे सञ्चालन शिक्षक बिरवहादुर बाेहराले गर्नु भएको थियाे । कार्यक्रम उद्घघाटन माननीय सामाजिक विकास मन्त्री झपड साउदले दिप प्रजलन गर्दै उद्दघाटन गर्नु भएको थियाे ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३