बझाङ
जिल्लामा घटेका घटनाहरु नियाल्दा अधिकाङ्स घटनाहरु मदिराको कारण भएको पाईएकाे छ ।
बझाङ जिल्लामा नयाँ डिएसपी भरत बहादुर शाह आए सँगै आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन भयाे । सम्मेलनमा डिएसपी शाहले आफू बझाङमा केही गर्नु पर्छ भन्दै आएको दावी गर्नु भयाे ।
जिल्लामा आफ्नो पहिलाे काम जनताको शान्ति सुरक्षा अमनचयन गर्नु पर्ने दर्शाउदै मदिरा लाई सके सम्म नियन्त्रण गर्न लागि पर्ने बताए । घरेलु मदिरा र बाहिरी बाट आउने महङ्गो प्रकारको रक्सिलाई नियन्त्रण गर्न सके र मापदण्ड अनुसार मात्र बिक्रीबितरण गर्न सिस्टम बसाल्न सके धेरै घटना नहुने उहाँको भनाइ याे । साथै जिल्लामा प्रहरी र पत्रकार साथै समाजका सबै नागरिकले साथ सहयाेग दिनु पर्ने बताए ।
पछिल्लो समय जिल्लामा ग्रामीण सडक खण्डहरु रहेकोमा जनसमुदायले चर्को भाडादर तिरेर महङ्गो यात्रा गर्न बाध्य भएका यात्रुले नियम अनुसार भाडा तिर्न लगाउने नियमको थालनी गर्ने पनि उहाँको भनाइ थियाे । आफू जिल्ला याे तेस्रो पटक आएको कारण अपराधी कुनै पनि उम्किन नदिने र सबैले यसमा साथ सहयाेग दिनु पर्ने उहाँको भनाइ थियाे ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३