Advertisement

Author: उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक संस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण

स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक संस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण

बझाङ, सुदूरपश्चिम
बझाङ : स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक सँस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण गरिएको छ । बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका र छविस पाथिभेरा गाउँपालीकाका विभिन्न वडाहरुमा भुकम्प बाट पिडित तथा गरिव असहायहरुलाई बल्याङकेट सहित खाद्यान्न बितरण गरिएको हाे । गरिव परिवारलाई चिसाेबाट बच्नकाे लागि न्यानो कपडा सहित खाद्यान्न बितरण गरिएको हियर नेपाल सस्थाले जनाएको छ । बझाङ जिल्लाका अतिविपन्न करिव ७५ जना परिवारलाई सामाग्री हस्तान्तरण गरिएको थियाे । भने जिल्लाकाे छविस पाथिभरा गाउँपालीकामा पनि खाद्यान्न सहित लुगाकपडा वितरण गरिएको थियाे । सदरमुकाम चैनपुरमा रहेकाे लाेपउन्मुख बादी समुदायका १८ परिवार र अन्य समुदायका ४० परिवारलाई जिल्लामा रहेको केपी प्लाजामा खाद्यान्न बितरण गरिएको नारायण जाेशीले बताए । जाेशीका अनुसार हियर नेपाल द्वारा बझाङ जिल्लाका अति बिपन्न तथा ...
जयपृथ्वी नगरपालिकाद्धारा नगर प्रहरीको लागि सञ्चालित ४५ दिने तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न

जयपृथ्वी नगरपालिकाद्धारा नगर प्रहरीको लागि सञ्चालित ४५ दिने तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न

बझाङ
बझाङ : जयपृथ्वी नगरपालिकामा नव नियुक्त नगरप्रहरीका लागि सञ्चालित ४५ दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यलयको समन्वयमा गएको असोज ६ गतेदेखि जिल्ला प्रहरी कार्यलय बझाङमा सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको हो । दीक्षान्त समारोहमा प्रमुख अतिथी समेत रहनुभएका जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले दिक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उक्त आधारभूत तालिमबाट नगरप्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले “स्वच्छ, सफा, समृद्ध, सुन्दर – जयपृथ्वी नगर” भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालि...
बझाङ जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन

बझाङ जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन भएको छ । सदरमुकाम चैनपुरमा रहेकाे बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे १३ अाैँ नगरसभा सुरु भएको हाे । देश सँघिय सँग्रचनामा गएपछि स्थानीय सरकार स्वामित्वमा दखिन्छ । परिवर्तित समाजकाे परिकल्पना बाेकेकाे सरकार जनता सँग उतरदायी भुमिकामा देखिन्छ । साथै नगरपालिकाले अहिले सम्म गरेका कामको समिक्षा र सभाबाट विभिन्न निर्णय पारित गर्न नगरपालिकाकाे सभाहलमा नगरसभाकाे उद्घघाटन भएको थियाे । जयपृथ्वी नगरपालिकाले मेयर चेतराज बजालकाे सभाअध्यक्षतामा सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख सुरत बहादुर सिँह रतन,विभिन्न वडा अध्यक्षहरु जनप्रतिनिधि पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे । नगरपालिका प्रमुख मेयर चेतराज बजालले कार्यक्रममा दिप प्रजलन बाल्दै उद्घघाटन गर्नु भएको कार्यक्रमकाे प्रतिवेदन भने नगर उपप्रमुख सिँहले गरेका हुन । स्थानीय ...
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत

बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत

बझाङ, मुख्य समाचार
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ वटा पालिकामा खेलकुद समिति मनोनित गरेको छ । खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपालिका , साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया "ज्वाला" ले जानकारी दिनुभयो । जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी ,मेखराज रावल सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ । त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा , सदस्यमा ऐन बहादुर दौल्याल ,जोग बहादुर दौल्याल , सरिता कुमारी कडायत ( थापा ) लाइ मनोनित गरेको छ । साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरना कुमारि बोरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, ...
अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
जिल्लाकाे मष्टा गाउँपालीकामा अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम गरिएकाे छ । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा अपराध नियन्त्रण सम्वन्धि कार्यक्रम गरिएको हाे । सञ्चालन भएको कार्यक्रम जिल्ला प्रशासन कार्यक्रम बझाङ र सुरक्षा निकाय र मष्टा गाउँपालीकाकाे साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियोे । सभाहलमा सञ्चालन भएको कार्यक्रम मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहराकाे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी बिश्वमित्र कुईकेल लगाएत सुरक्षा निकाय प्रमुख वडा अध्यक्ष जनप्रतिनिधि लगायत शिक्षक विद्यार्थी पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अपराध न्युनिकरण गर्न सबैकाे हातेमालो हुनुपर्ने र जिल्लामा मेला पर्वमा झैझगडा हुने गरेको र केहि दुर्घटना बाट पनि यस्ता घटना हुने गरेको उहाँकाे भनाइ छ । साथै फेरि थप्दै भन्नू भयाे, जानिजानी गरिए...
बझाङका प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर नागरिकता प्रदान

बझाङका प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर नागरिकता प्रदान

बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा घरमै नागरिकता पुगेको छ । सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लाकाे पनि अति दुर्गम साईपाल गाउँपालीकामा प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले घरमै पुगेर नागरिकता दिनु भएको हाे । गाउँपालीकाकाे वडा नम्बर ३ मा बस्ने भुटी गुरुङलाई घरमै पुगेर प्रमुख जिल्ला अधिकारीले नागरिकता हातमा दिएपछि निकै खुसि हुनु भयाे । उनले भन्नु,भयाे निकै खुसि भए म हिड्न सक्दिन । सदरमुकाम चैनपुर धेरै टाढा रहेकाे भन्दै आफू नागरिकता बनाउन नगएको र हाल स्थानीय सरकारले समन्वय गरेपछि घरमै नागरिकता पाएकाेमा निकै खुसि भएको गुरुङले बताए । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि असहाय अपांग र साहारा विहिनलाई धेरै राहत पुगेको देखिन्छ । जिल्लाकाे बिकासका लागि सुशासनका लागि सबै जिल्ला बासि एक भएर अगाडि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारीकाे भनाइ छ ।...
विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लामा विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । जिल्लामा रहेकाे आयुर्वेद कार्यालयकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । विद्यालयमा विभिन्न कार्यक्रम कसरी गर्ने र याेग भनेको के हाे यसका फाईदाहरुलाई मध्येनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरेको हाे । पानकाेटमा रहेको आयुर्वेद कार्यालयले २ दिने कार्यक्रम सञ्चालन गरेकाे छ । सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि देउलेख आयुर्वेद स्वास्थ्य प्रमुख हिमाल भट्ट रहनु भएको थियाे भने बिशिस्ट अतिथि जिल्ला आयुर्वेद निमित्त प्रमुख मिनबहादुर पुरी रहनुभएकाे कार्यक्रममा विभिन्न शिक्षक पत्रकार डाक्टर उपस्थिति रहनु भएको थियाे । कार्यक्रमले स्वस्थ मान्छेलाई कसरी हेस्टपुष्ट बनाउने,तन्दुरुस्त बनाउने र विरामीलाई कसरी ठिक पार्न सकिन्छ भन...
बाईक किस्तामा किनिएकोले बैँककै नाममा भएर सरकारी नम्बर प्लेट लाउन नमिलेको वडाध्यक्षको दावी 

बाईक किस्तामा किनिएकोले बैँककै नाममा भएर सरकारी नम्बर प्लेट लाउन नमिलेको वडाध्यक्षको दावी 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको मष्टा गाउँपालीका वडा नम्बर १ र २ लाई स्थानीय सरकारले सवारीसाधन किन्न केही समय अगाडि बजेट छुट्टयाइएको थियाे । सरकारले छुट्टयाइएको बजेटले माेटरसाईकल किन्न नपुग्ने भए पछि वडाकार्यालयले किस्तामा  रहने गरि सवारीसाधन खरिद गरेको स्रोतको दावी रहेको छ ।  स्थानीय सरकार मष्टा गाउँपालीकाले माेटरसाईकल किन्न छुट्टयाइएको बजेट अपुग भए पछि किस्ता तिर्ने गरि सिभिल बैक लिमिटेडकाे नाममा सवारीसाधन किनिएकाे वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र राेकायाले बताउनुभयो ।  अध्यक्ष राेकायाले भने ´आफ्नो वडामा माेटरसाईकल आवश्यक थियाे र  माेटरसाईकल किन्न सबै बजेट नपुगेको भन्दै बाइक किस्तामा  लिन बाध्य भएका हौँ` उहाले बताउनु भयाे । उनले फेरि थप्दै भन्नू भयाे ´मासिक किस्तामा पैशा तिर्ने गरेर लिएकाे र किस्तामा रहुन्जेल बाईक बैँककै नाममा हुनेभएकोले सो बाईकमा सरकारी नम्बर प्लेट हाल्न नमिलेको ह...
अनेरास्ववियू सुदूरपश्चिमको टोली पुननिर्माणको लागि भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान

अनेरास्ववियू सुदूरपश्चिमको टोली पुननिर्माणको लागि भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान

मुख्य समाचार
धनगढी : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ। आज (शुक्रवार) अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि हिडेको हो । अनेरास्ववियू कञ्चनपुरका संयोजक समेत रहेका विद्यार्थी नेता प्रज्वल कुवरको नेतृत्वमा अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको स्वयंसेवक टोली पुनर्निर्माणका लागि खटाइएको कुरा अनेरास्ववियू प्रदेश कमिटी सचिवालय सदस्य सुशिल चन्दले बताउनु भएकोछ । यस्तै अनेरास्ववियूको केन्द्रीय टोली पनि सो क्षेत्रमा केन्द्रीय कमिटी अध्यक्ष आरती लामाको नेतृत्वमा आजै आउन लागेको छ।...
महिला तथा लैंगिक हिंसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न

महिला तथा लैंगिक हिंसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ जिल्लामा महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न भएको छ । जिल्लामा रहेको बुङगल नगरपालिकामा विभिन्न कार्यक्रम सहित धार्मिक प्रवचन कार्यक्रम गरिएको हाे । जिल्लामा रहेकाे दलित सहयाेग समिति बझाङकाे आयाेजनामा समान व्यावहार (EVE) परियोले महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन कार्यक्रम यहीँ कार्तिक २५ गते बुङगल नगरपालिकाकाे वडा नम्बर ११ मा र २६ गते बुङगलकाे वडा नम्बर ९/१० काे नाै कार्यालयमा गरिएको थियाे । जनचेतनामूलक र समाजमा देखापरेको विभिन्न विकृति हटाउन दलित सहयाेग नामक सस्था बिगत देखि नै समाज रुपान्तरणमा देखिन्छ । वडा नम्बर ११ काे कार्यालयमा सञ्चालन गरिएको धार्मिक प्रवचन कार्यक्रममा गुरु भिमकान्त भगवतले भने,हामी सबै नेपाली हाै । हामी भाइ भाइ हाै । तर समाजको रुणिवादीलाई हम...
काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन । विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन । डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ । मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ म...
तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्षले अनाथ असहाय टुहुरा बालबालिकालाई कपडा वितरण गर्नु भएको छ । जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफू निर्वाचित भए पछि आफुले पाउने सेवा सुविधा बाट गाउँपालीकामा रहेका असहाय बालबालिकालाई लुगा कपडा बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियाे । भण्डारीले अहिले दशैकाे बिचमा र तिहारकाे नजिक आफ्नाे गाउँपालीकाकाे वडा नम्बर १ देखि ७ सम्म रहेका असहाय बालबालिकालाई कपडा वितरण गर्ने कार्यक्रम मार्फत हिजाे आज गरि वडा नम्बर ४/५/६/७ मा रहेका टुहुरा असहाय सहारावपहिन बालबालिकालाई लगाउँने लुगा कपडा बितरण गर्नु भएको हाे । उपाध्यक्ष भण्डारीले आफ्नो पारिसर्मिक बाट गाउँपालीकाका ९० जनालाइ जकेट पैन्ट भेष्ट जुत्ता वितरण गर्नु भएको वडा नम्बर ७ का अध्यक्ष लक्षमणले बताउनु भयाे । त्यसै गरि वडा नम्बर ६ मा पनि बितरण ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज