धनगढी : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ। आज (शुक्रवार) अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि हिडेको हो ।

अनेरास्ववियू कञ्चनपुरका संयोजक समेत रहेका विद्यार्थी नेता प्रज्वल कुवरको नेतृत्वमा अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको स्वयंसेवक टोली पुनर्निर्माणका लागि खटाइएको कुरा अनेरास्ववियू प्रदेश कमिटी सचिवालय सदस्य सुशिल चन्दले बताउनु भएकोछ ।
यस्तै अनेरास्ववियूको केन्द्रीय टोली पनि सो क्षेत्रमा केन्द्रीय कमिटी अध्यक्ष आरती लामाको नेतृत्वमा आजै आउन लागेको छ।