Advertisement

Author: सुरेन्द्र खत्री

सुरेन्द्र खत्री कामना टेलिभिजनद्वारा सञ्चालित कामनाटुडे अन्लाईन पत्रीकाका बझाङ संवाददाता हुनुहुन्छ । उहाँ संग रेडियो तथा अन्लाईनमा काम गरेको ५ वर्ष बढि अनुभव छ । उहाँ संग ९८५८४८४०३६ मार्फत कुरा गर्न सकिन्छ ।
पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

खेलकुद, बझाङ, समाचार
बझाङ।  जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ अन्तर्गत आज भएको खेलमा खदारी मष्टा युवा समाजले सुवेडा युथ स्टारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ । खदारी मष्टा युवा समाजका कप्तान स्माइल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल हानेका थिए भने अर्को एक गोल अशोक खड्काले हाने  । प्रारम्भदेखि नै बलियो प्रदर्शन गरेको खदारी मष्टा टोलीले खेलमा अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो । दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । सुवेडा युथ स्टारले पनि बलियो चुनौती पेश गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न नसकेपछि पराजित हुनुपर्‍यो । खजारी मष्टा युवा समाजको मुख्य प्रायोजक बुढानिलकण्ठ स्विमिङ एण्ड मनोरञ्जन सेन्टर, हेटौंडा–७, काठमाडौं रहेको आयोजकले जनाएको छ । आजका दिन कुल ७ वटा खेलहरू सम्पन्न भएका छन् भने अन्य खेलहरू भोलि बि...
जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

खेलकुद, बझाङ, समाचार
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ मा रजनिस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा आयोजित जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ फुटबल प्रतियोगिता आज एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कार्यक्रम सुरेश खड्का (मारा) को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाए रहनुभएको थियो । उहाँले उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो । कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रियास खड्काले स्वागत मन्तव्य राख्दै बझाङको फुटबल जगतलाई यहाँसम्म ल्याउनमा जयपृथ्वी नगरपालिका–९ का युवाहरूको मुख्य भूमिका रहेको बताए । साथै, खेलकुद नै अहिलेको समयको युवाहरूको रोजाइ भएको भन्दै उनले युवाहरूप्रति धन्यवाद प्रकट गरे । उद्घाटन समारोह जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी)को खेलमैदानमा सम्पन्...
जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

Breaking News 1, बझाङ, राजनीति, विचार, समाचार
सत्यराज सिंह बझाङ, असोज २५ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् । उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,` उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र...
निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग

निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग

बझाङ, समाचार
बझाङ ।   बझाङको दुर्गाथली गाउँपालिकाका सीमान्तकृत बालबालिकाहरुलाई निड्स नेपालद्वारा आर्थिक सहयोग गरिएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । दुर्गाथली गाउँपालिकाको टिमले पालिकाका सबै वडाबाट छनौट गरेर १५  जना विपन्न तथा असहाय बालबालिकाहरुलाई नगद प्रदान गरिएको बताइएको छ । त्यस्तै, निड्स नेपालका लक्ष्मण चलाउनेले आमाबुबा गुमाएका , अपाङ्गता भएका बालबालिका ,जोखिममा परेका बालबालिका लाई प्रत्येक वडा बाट दुइ वा तिन जनाका दरले नगद दिएको जानकारी दिए । उनले बाल सञ्जालका बालबालिकालाई बालबालिकाका हक र अधिकार समन्धी जानकारी साथै समुदाय क्षेत्रमा हुने छुवाछुत भेदभाव तथा कुप्रथालाई यो बाल क्लबले शसक्त रुपमा समुदायमा परिचालन हुने बताए । साथै बाल सञ्जालको कोर टिमलाई २०८२ को व...
निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, समाचार
बझाङ ।  बझाङको दुर्गाथली गाउँपालिकामा विपद, संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष पालिकाको वडा नं २ का वडा अध्यक्ष धनराज मिश्र रहनुभएको थियो । उहाँले पालिकामा एकल महिला र जोखिममा रहेका बालबालिकाहरुलाई पालिकाले सहयोग गरेको बताउनु भयो । यो कार्यक्रमले पालिका भरीका नागरिक जो अति जोखिम र न्युन वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा बाट पनि कसरि उनीहरुलाई माथि उकास्न सकिन्छ भनेर पालिका लागिरहेको बताएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर विष्टका अनुसार विशेष गरेर विपद् शाखालाई मात्र नभएर प्रत्येक समुदायमा यस्ता खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर विपद् ...
निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, शिक्षा, समाचार
बझाङ ।    बझाङको मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको  समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । उहाँले पालिकामा हुने गुनासो सुनुवाई समन्धी नागरिकका गुनासाहरु पालिकाले नै सम्बोधन गरेको बताउनु भयो । यो कार्यक्रमले वडा लगायत पालिका सम्म सुशासन क्षेत्रमा जवाफदेही कामहरु मष्टा गाउँपालिकाले गर्दै आएको बताएका छन् । निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नागरिक गुनासो समन्धी सेसन दिएर उहाँले निड्स नेपालले बझाङका तिन वटा पालिकामा नागरिक गुनासोलाई पारदर्शी र पालिकामा आउने गुनासाहरुलाई टिपोर्ट गरेर नागरिकका गुनासाहरु सहजै रुपमा सम्बोधन गरी यो क्ष...
नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

बझाङ
नीड्स नेपाल (NEEDS Nepal) ले बझाङको मष्टा गाउँपालिका, भातेखोला, बझाङमा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा यूरोपियन युनियन, संयुक्त राष्ट्र संघ तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहयोग रहेको थियो । कार्यक्रमका प्रशिक्षक विश्व कोइरालाले बालबालिकाका अधिकार, सामाजिक सुरक्षा कार्यक्रम, नागरिक सहभागिता र उत्तरदायित्वबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय तह, समुदाय र अभिभावक सबैको साझा जिम्मेवारी हुनेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालन नीड्स नेपालका लक्ष्मण चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गर्नुभएको थियो । स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका सदस्य तथा सामुदायि...
निड्स नेपालद्वारा कुल मष्टाजन मावीमा बाल दिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा कुल मष्टाजन मावीमा बाल दिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, समाचार
बझाङको मष्टा गाउँपालिकामा रहेको कुल मष्टाजन मावीमा आज बिहीबार बालदिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकामा अवस्थित कुल मष्टाजन मावीको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष बालक्लवका अध्यक्ष हिक्मत जेठारा रहनुभएको थियो । उहाँले बालदिवस तथा शिक्षा दिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिकाका कार्यक्रमहरुलाई प्राथमिकता दिएको र आगामी दिनहरुमा पनि निश्पक्ष यो क्लबले निश्पक्ष कार्यक्रम गर्ने बताउनु भयो । यो कार्यक्रमले बालबालिकाहरुको क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, बालक्लवका विधार्थीहरु , समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि ...
निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं  बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो ।  उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।  यो कार्यक्रमले बालबालिकाहरुको  क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्...
वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

Breaking News 2, बझाङ, रोजगार, समाचार
बझाङ, — बझाङको वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको नेतृत्वमा वडा नम्बर ५ र ९ का कृषकहरुलाई लक्षित गर्दै ठूलो परिमाणमा वर्षेनी फलफूलका बिरुवा वितरण गरिएको छ । हिजो शनिबार सम्पन्न कार्यक्रममा तल्लाभताँडा, धामीगाउँ र वसैल टोलका कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा हस्तान्तरण गरिएको हो ।   गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा उपाध्यक्ष मल्लसँगै वडा अध्यक्ष, सदस्य, कृषि शाखाका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु सक्रिय रूपमा सहभागी थिए । वितरण कार्यक्रममा कृषकहरुलाई अनार, अम्बा लगायतका वर्षेनी फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । उपाध्यक्ष मल्लले कार्यक्रममा भनिन्, हाम्रो गाउँपालिकामा उत्पादनशील र दीर्घकालीन लाभ दिने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं । वर्षेनी फलफूलका बिरुवा वितरण गर्नुको उद्देश्य कृषकहरूको आय आर्जन बढाउनु, पर्याव...
आफ्नै माटोमा युवाको प्रेरणादायी यात्रा : स्ववियु सभापति सूर्य जोशीको टिमले धनगढीमा सुरु गर्यो व्यवसायिक तरकारी खेती

आफ्नै माटोमा युवाको प्रेरणादायी यात्रा : स्ववियु सभापति सूर्य जोशीको टिमले धनगढीमा सुरु गर्यो व्यवसायिक तरकारी खेती

समाचार, सुदूरपश्चिम
कैलाली । विदेश जान युवाहरूले होडबाजी गरिरहेका बेला केही युवाहरूले भने आफ्नै माटोमा केही गरेर देखाउने मनोभावनासहित प्रेरणादायी काम गरेका छन् ।  बझाङदीप क्याम्पस झोताका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सूर्य जोशी नेतृत्वको युवा टिमले धनगढी उपमहानगरपालिका–१२, फुलबारीमा व्यवसायिक लहरे तरकारी खेती सुरु गरेका छन् । उनको टिममा कृषि क्षेत्रमा रुचि राख्ने तथा बाली विज्ञान विषय अध्ययनरत होनहार युवा सुदीप बोहरा र हरिश बोहरा छन् । तीनै जना युवाहरूले लगभग २० कट्ठा जग्गा भाडामा लिएर आधुनिक शैलीमा व्यवसायिक तरिकाले तरकारी खेती थालेका हुन् । वास्तविक उत्पादन र आत्मनिर्भरताको यात्रामा होमिएका यी युवाहरूले गोलभेँडा, काँक्रो, घिरौंला, बोडी, सिमी लगायतका लहरे तरकारीहरू लगाइरहेका छन् । नियमित सिंचाइ, जैविक मल र रोग–नियन्त्रण प्रणालीको प्रयोग गर्दै उनीहरूले वैज्ञानिक तरिकाबाट खेती गरिरहेका छन् । ...
छबिसपाथिभेरा–७ का अनिल धामीद्वारा बिरामी महिलालाई रगत दान

छबिसपाथिभेरा–७ का अनिल धामीद्वारा बिरामी महिलालाई रगत दान

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ७ बुढखोरी घर भइ हाल चैनपुरमा अनिल मोबाइल ग्यालरी सञ्चालन गर्दै आएका अनिल धामीले एक विरामी भएकी महिलालाई ज्यान जोगाउन रगत दान गरेका छन् । चैनपुरस्थित जिल्ला अस्पताल बझाङमा रगत आवश्यक  भएपछि महिलालाई तत्काल रगत आवश्यक परेको थियो । उक्त अवस्थामा धामीले मानवता देखाउँदै स्वेच्छिक रूपमा रगत दान गरेका हुन् । रगत अभावका कारण उपचारमा समस्या आउने अवस्था रहेको बेला धामीको सहयोगले महिलाको ज्यान जोगिएको अस्पताल स्रोतले जनाएको छ । धामीले यसअघि पनि सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । उनले यस्ता मानव सेवामूलक कामहरुमा आगामी दिनमा पनि साथ दिने बताएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज