साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण
बझाङको साइपाल गाउँपालिका वडा नं. १ मा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरू तथा २ वर्षमुनिका बालबालिका भएकी ४१ जना महिला लाभग्राहीलाई बाख्रा वितरण गरिएको छ । पोषण सुधारसँगै आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लक्षित महिलाहरूलाई कार्यक्रममार्फत बाख्रा प्रदान गरिएको हो ।
कार्यक्रमले लक्षित समुहका आमाहरूको पोषण अवस्था सुधार गर्नुका साथै पशुपालनबाट आम्दानी आर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । बाख्रा पालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र परिवारको समग्र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नरेन्द्र धामीले कार्यक्रमबारे जानकारी दिँदै भने, सुनौला हजार दिनको अवधिमा आमाहरूको पोषण अवस्था सुधार गर्नु हाम्रो पहिलो लक्ष्य हो। आयआर्जनका साथ पोषणमा सुधार ल्याउने यो कार्यक्रमको प्रभाव केही महिनामै...












